डी कौडिन्यको हत्या र झापामा एकीकृत जनक्रान्तिको उभार

झापा सुदूरपूर्वमा अवस्थित नेपालका राजनीतिक घटनाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जिल्ला हो । राणाविरुद्ध होस् वा पञ्चायतविरुद्ध, वा राजामहाराजाविरुद्ध गरिएका सबै आन्दोलन र सङ्घर्षहरूमा यो जिल्लाका बासिन्दाले अभूतपूर्व बलिदानी गरेका छन् ।

झापाले थुप्रै व्यक्तिलाई नेता बनाइदिएको छ । खास गरेर २०२८ सालको झापा विद्रोह र उक्त विद्रोहले पैदा गरेको आमजागरणले केपी ओलीलगायत अन्य धेरैलाई नेता बनाइदिएको हो । आजको दिनमा केपी ओलीहरू जनतालाई हरतरहले लुट्ने, ठग्ने कम्पनी चलाइरहेका छन् । संसदीय व्यवस्था नामको उनीहरूको लुटेरा कम्पनी जनता र राष्ट्रलाई लुट्न मरिमेटेर लागिरहेको छ । तसर्थ झापा र झापालीहरूको रगत र बलिदानीको धज्जी उडाएर तस्करी साम्राज्य खडा गरेको केपी ओलीहरूको साम्राज्य तासको घरजस्तै ढलिरहेको देखिन्छ ।

झापाली जनता सचेत छन् । सचेत कुन अर्थमा छन् भने समाजमा व्याप्त उत्पीडन र अनेकौँ सामाजिक समस्याहरूले उकुसमुकुस बनेका जनता आन्दोलनका आँधीमय दिनहरूमा जुरुक्क उठ्न हिच्किचाउँदैनन् । ०२८ सालताका झापाका जमिनदारहरूले यहाँका किसानहरूमाथि शोषण गर्दा होस् वा १० बर्र्र्सेे जनयुद्धको समयमा झापाका पुँजीपति सामन्तहरूले झापाली गरिबहरूको रगत पिउँदा होस् वा अहिले झापामा सल्बलाएका केपी ओलीको तस्करी साम्राज्यमा दलाल, तस्कर, भ्रष्टाचारी, कमिसनखोर, माफिया र भारतीय (वेस्ट बङ्गाल) कर्पोरेटले झापाली समुदायमा थोपरेको चरम सङ्कट झापाली जनताले कहिल्यै सहन सकेका छैनन् । टाउको काट्न, बन्दुक उठाउन नहिच्किचाएका झापाली जनता यस अर्थमा सचेत छन् । यतिबेला चौतर्फी अनेकौँ कृत्रिम सङ्कटको परिस्थितिले आजित भइरहँदा अहिले झापाली जनता एकीकृत जनक्रान्तिको आँधीमय यात्रामा जुरुक्क उठ्न तयार भएका छन् ।

सचेतपूर्ण पहलकदमी लिन र सिङ्गो देशलाई क्रान्ति र आन्दोलनको बाटो देखाउन सक्षम झापाली जनताका बीचबाट महान् सपूतहरूले आफ्नो जीवन बलिदान गरेका छन् । नेपाली जनताले शासकहरूको अन्यायअत्याचारका विरुद्ध गरेका तमाम सङ्घर्र्षहरूमा झापाले अग्रपङ्क्तिमा बलिदानको कोटा चुकाउँदै आएको छ । दुई सय पचास वर्र्ष निरन्तर चलेको शाही शासन ढाल्ने सामथ्र्य राख्ने महान् जनयुद्धको समयमा झापाले होनहार प्रिय मान्छेहरूलाई गुमायो । झापाली जनताको दुखेको मन र छियाछिया भएको जीवनलाई शीतलता दिनसक्ने विशिष्ट प्रतिभाहरूलाई झापाले गुमायो । सुन्दर र समृद्ध सपनाहरूको चौडा सडकमा यात्रा गराउन सक्ने स्मरणीय पात्रहरूलाई हामीले गुमायौँ ।

झापाले होनाहार योद्धाहरू, जनताका प्रिय नेताहरू गुमायो । यस्तैमा देवकुमार आचार्य ‘डी कौडिन्य’ लाई पनि गुमाउन पुग्यो । आजकै दिन अर्थात् २०५९ साउन ७ गते झापाका एक विशिष्ट प्रतिभालाई तत्कालीन सत्ताले गिरफ्तार गरी क्रूरतापूर्वक हत्या ग¥यो । शोषण, दमन, उत्पीडन विद्यमान रहेको यो परिस्थितिमा सुख, शान्ति र समृद्धिको सपना देख्नेहरूको वैज्ञानिक समाजवाद–साम्यवाद प्राप्तिको सपनालाई जीवन्त बनाउनुपर्ने र जुनसुकै मूल्य चुकाएर भए पनि त्यसलाई पूर्ण सफलता पार्नका लागि हामी र हाम्रोबीचमा दायित्व बनेर आइरहँदा झापाका आदरणीय नेता डी कौडिन्यलाई स्मरण गर्नु आवश्यक छ ।

बाल्यकाल

क. डी कौडिन्यको जन्म वि.सं. २०१९ असोज १० गते बुधबार सिक्किमको पेलिङमा भएको थियो । उहाँका सात दाजुभाइ र तीनजना दिदी बहिनी छन् । उहाँको वास्तविक नाम देवकुमार आचार्य हो । देवकुमारलाई अङ्ग्रेजीमा छोटो रूप दिएर डी र आचार्य थरको गोत्र कौडिन्यलाई कौडिन्य भनेर आफ्नो नाम डी कौडिन्य बनाउनुभएको थियो र उहाँँ यही नामबाट प्रख्यात हुन्ुहुन्छ । ४ वर्षको उमेरमै आमाको निधन भएपछि टुहुरो बन्नुभएका डी कौडिन्यको बाल्यकाल निकै कष्टपूर्ण रहेको थियो । अर्काको गोठालो, खेतालो, गर्दै आफ्नो बालश्रम बेचेर पेट पाल्नुपर्ने बाध्यता उहाँको थियो । परिवारको आर्थिक स्थिति विपन्न भएकाले उहाँले दुःख गरेर अध्ययन गरेको पाइन्छ ।

उहाँले आमा नभएको घरमा जाँतो पिस्ने, ढिकी कुट्नेलगायत घरायसी काममा सानैदेखि सहभागी हुन्ुपरेको थियो । घरका सबै काम सकेर अध्ययनका लागि जानुपर्ने बाध्यता थियो । यद्यपि निक्कै उत्साह, अभिरुचिसहित आफ्नो अध्ययन अगाडी बढाउनुभयो । उहाँँ अध्ययनमा सधैँ उत्कृष्ट रहनुभयो । सानैदेखि एकान्तप्रेमी क. डी कौडिन्य आफ्ना बालदौँतरीहरूसँग खेल्नेभन्दा नजिकैका बनपाखाहरूमा एक्लै घुम्ने र रमाउने गर्नुहुन्थ्योे । आमाको निधनपछि सम्पूर्ण परिवारको रेखदेख गरिरहेका बुबा चन्द्रबहादुर आचार्यको २०५५ सालमा निधन भएको थियो । बुबा क्रियाशील र जागरुक भएका कारण त्यसको प्रभाव डी कौडिन्यमा पनि परेको थियो ।
डी कौडिन्यको अक्षरारम्भ भारतको सिक्किमबाटै भएको थियो । २०२६ सालबाट जनता निमावि हाल उच्च मावि (झापा खुदुनाबारी) मा उहाँको औपचारिक अध्ययन सुरु भएको थियो । अर्काको घरमा बसेर अध्ययन गर्नुपर्ने परिस्थितिका कारण उहाँले शारीरिक श्रमका साथै ट्युसन पढाएर पढाइखर्च जुटाएको पाइन्छ । २०३६ सालमा धुलाबारी परीक्षा केन्द्रबाट उहाँले एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँँ कक्षामा सधैँै प्रथम हुन्ुहुन्थ्योे । यसरी अध्ययन गर्दै अगाडि बढ्नुभएका डी कौडिन्य महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, हात्तीसार क्याम्पस धरान, मेची बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलगायत क्याम्पसहरूमा अध्ययन गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञानमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ । उहाँ महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययन गर्दा त्यही समयमा राजकाज मुद्दामा १८ महिना जेलजीवन बिताउनुपरेको थियो । हात्तीसार क्याम्पस धरानमा अध्ययन गर्दा आर्थिक अभावका कारण विज्ञान विषयको अध्ययन छोड्नुपरेको थियो । आर्थिक कठिनाइ झेल्न र अध्ययनलाई सहज बनाउन उहाँले पत्रपत्रिका बेच्ने काम पनि गर्नुभएको थियो ।

२०४७ साल फागुन १८ गते कन्काई माई झापामा क. डी कौडिन्यको यमुनादेवी खरेलसँग जनवादी विवाह सम्पन्न भएको थियो । त्यतिबेला दुवैजनाको उमेर २८ र २७ वर्षको थियो । ०४६ सालअगाडि दुवैजना तत्कालीन नेकपा मालेको पूर्णकालीन भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरूको दाम्पत्य जीवन सुखद थियो तर सुखद दाम्पत्य जीवन १२ वर्र्षसम्म मात्र रह्यो । एकअर्काप्रति पूर्ण विश्वास, आपसी प्रेमसहित आफ्नो दाम्पत्य जीवन रहेको क. यमुना खरेलको अनुभव छ । क. यमुना यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीको शिक्षक सङ्गठनमा आबद्ध हुन्ुहुन्छ । उहाँहरूका दुई जुम्ल्याहा छोरी तृष्णा र तृप्ति र एक छोरा देवराज छन् । तृष्णा बहुप्रतिभाशाली छिन् । उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् । उनी त्रिभुवन विश्वविद्यालयकी गोल्ड मेडलिस्ट विद्यार्र्थी पनि हुन् । तृप्ति पूर्वजनमुक्ति सेना हुन् । अहिले नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध छिन् । छोरा देवराज पनि अध्ययनमा तीक्ष्ण भएकै कारण अहिले अध्ययनका लागि अमेरिकामा छन् ।

राजनीतिक, साहित्य र पत्रकारिता
सहिद !
सुन्दर फूलको नाम हो
जसलाई हाँगाबाट झारे पनि
निर्भय मुस्कुराउँछ चुमेर धर्तीको माटो

सहिद !
आस्थाको अग्लो हिमाल हो
जसलाई निर्लज्ज कुल्चे पनि
निस्फिक्री सहन सक्छ जीवनको बाटो !

सहिद !
मेरो पथप्रदर्शक भएर आएको छ
वर्तमानले चिले पनि
उसको समर्पणले ज्यूँदो पाएको छु
खुला आकाश र धर्ती फाँट पाएको छु ।
(डी कौडिन्य २०४७)
देवकुमार आचार्य (डी कौडिन्य) एक कुशल पत्रकार र साहित्यकार हुन्ुहुन्थ्यो । उहाँले जनादेश र जनदिशामा संवाददाताका रूपमा काम गर्नुभएको थियो । दृष्टि, छलफल, प्रकाश, जनआह्वान, जनआवाज, महिमा, ज्वालालगायत पत्रिकाहरूमा पनि उत्तिकै कलम चलाएको पाइन्छ । झापाबाट प्रकाशित स्वाधीन संवाद साप्ताहिकमा उहाँको स्तम्भ नै थियो । आफू जति लेख्नमा सक्रिय हुन्ुहुन्थ्यो अन्य साथीभाइलाई पनि लेख्न प्रेरित गर्नुहुन्थ्योे । उहाँँ प्रगतिवादी साहित्यकार हुन्ुहुन्थ्योे । उहाँले थुप्रै कविता, निबन्ध, कथा, लेखरचनाहरू गर्नुभएको छ । उहाँले थुप्रै पुरस्कारहरू पनि पाउनुभएको थियो । कृष्ण सेन ‘इच्छुक’ साहित्य सम्मान पुरस्कारसमेत पाउनुभएका उहाँले प्रसस्तै क्रान्तिकारी विचार र दृष्टिकोण समाजमा प्रवाह गर्नुभएको छ । उहाँँ श्रीमती यमुनालाई पनि लेख्न प्रेरित गर्नुुहुन्थ्योे ।

सामाजिक सेवामा समेत उहाँँ अग्रपङ्क्तिमा हुन्ुहुन्थ्योे । उहाँले गरेका महत्वपूर्ण सामाजिक कामहरूमा वातावरण सचेतना केन्द्र खुदुनाबारी (२०५१/५२), सहिद उद्यान मञ्च (सुखानी २०५१), बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य, मानवअधिकार मञ्च गठन गर्नुका साथै उहाँले जनता मावि खुदुनाबारीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियोे ।

गरिबीको जाँतोमा पिल्सिएको डी कौडिन्यको जीवन राजनीतिक जीवनमा सङ्गठनभन्दा पनि प्राकृतिक न्यायको सिद्धान्तका आधारमा स्वतस्फूर्त रूपमा सुरु भएको देखिन्छ । बाल्यकालदेखि नै इमानदार स्वभाव, मिजासिलो बोली, साहस, धैर्य, शालीनता, विवेकशीलतालगायत गुणले युक्त डी कौडिन्यले जीवनसङ्घर्षको भोगाइ र अन्याय, अत्याचारको लडाइँ आफैँबाट सुरु गरेको देखिन्छ । उहाँ तडकभडक पहिरनमा कहिल्यै देखा पर्नुभएन । मुलुकको मूल समस्याको कारण राजनीतिक कारण हो र यो सामन्त वर्गको हालीमुहालीको कारण हो भन्ने बुझ्नुभएका उहाँ श्रमजीवी जनतालाई गोलबन्द गर्दै आडभरोसा दिने गर्नुहुन्थ्योे । उहाँँ जहाँजहाँ बस्नुभयो त्यहाँत्यहाँ विभिन्न नाम र रूपमा क्रान्तिकारी सङ्गठन बनाएको पाइन्छ । २०३६ सालबाट तत्कालीन नेकपा मालेको विद्यार्र्थी सङ्गठनमा आबद्ध भएर झापाका विभिन्न ठाउँमा रहेर भूमिगत र खुला दुवै प्रकारले राजनीतिक जीवन सुरुआत गर्नुभएको थियो । त्यस समय उहाँँ जहाँजहाँ जानुभयो त्यहाँत्यहाँ सबैले उहाँलाई आँखाको नानीजस्तो मान्दछन् । ०४२ सालमा जेल पर्नुभयो । बहुदल पुनस्र्थापनापछि तत्कालीन माले हुँदै एमालेको राजनीतिमा सक्रिय त हुन्ुभयो तर एमालेको छैटौँ महाधवेशनमा गएको बेला त्यहाँ बहुदलीय जनवाद पक्षधरहरूले नौलो जनवाद पक्षधरहरूलाई पत्तासाफ गर्ने ढङ्गले गरेको व्यवहार र सहिदको अपमान हुनेखानेहरूको क्रियाकलापले उहाँमा निराशा आएको थियो । यद्यपि त्यसलाई अन्तरपार्टी सङ्घर्ष मान्दै ०४५ सालसम्म एमालेमै रहेर स्वस्थ अन्तरसङ्घर्ष चलाउनुभयो । ०५२ सालबाट सुरु भएको जनयुद्धको प्रभाव उहाँमा सुरुदेखि नै परेको पाइन्छ । लामो समयसम्म एमालेमा भएको आफ्नो लगानी र विघटनतिर गैरहेको एमाले अनि भर्भराउँदो ज्वाला बनेर उठेको जनयुद्धले उहाँलाई खिच्यो । त्यसपछि ०५४ बाटै उहाँले पार्टीको विभिन्न विभागमा बसेर काम गर्दै ०५८ बाट उहाँँ पूर्णकालीन बन्नुभयो र पार्टी–आन्दोलनलाई सही ढङ्गले अघि बढाउँदै झापाली वर्गसङ्घर्षमा महत्वपूर्ण योगदान गर्नुभयो ।
समग्रमा डी कौडिन्य एक स्रष्टा, स्तम्भकार, विचारक, राजनीतिज्ञ, मेहनतकश जनताको इमानदार नेतृत्व हुन्ुहुन्थ्योे । यो देशका आमजनता र झापालीहरूको बीचमा सधैँै चम्किरहने रातो तारा हुन्ुहन्छ ।

डी कौडिन्यको हत्या

क. देवकुमार आचार्य डी कौडिन्यलाई ४० वर्षको उमेरमा आस्थाका आधारमा जनयुद्धको समयमा तत्कालीन देउवा सरकारका जल्लादहरूले सुराकी लगाएर झापाको बुधबारेबाट गिरफ्तार गरी चारआली सेनाको क्याम्पमा लगेर निर्ममतापूर्वक हत्या गरे ।

उनलाई ०५९ साउन ७ गते चारआली सेनाको क्याम्पमा हत्या गरी मेची अस्पतालको पोस्टमार्टम कक्षमा राखिएको थियो । लडाइरहेका थुप्रै लासहरूमध्ये उनको लास ०५९ साउन ८ गते परिवारलाई नदिने सर्तमा शव देखाइयो । शरीरभरि रगतैरगत जमेको, नीलडाम, छाला उक्किएको, खुट्टाका औँलाहरू उक्किएका, लास लडेको ठाउँमा रगतका फाल्साहरू, शरीरका लुगाहरू धुजाधुजा पारेर च्यातिएको, छातीमा सङ्गीनले छेडेका तीनवटा प्वालहरू, यस्तो अवस्थामा उहाँको शव देखाइयो ।

गोली हानेको जस्तो कहीँ थिएन । आँखा उघारै थिए । कुट्दाकुट्दै र घोच्दाघोच्दै मृत्यु भएको प्रस्ट देखिन्थ्यो । तैपनि सेना र सरकार मैनाचुली भिडन्तमा आचार्यको मृत्यु भएको भनेर समाचार सम्प्रेषण गरिरहेका थिए तर कोही पनि भिडन्तमा मृत्युु भएको भनेर पत्याउने अवस्थामा थिएनन् । उनी बन्दुक चलाउने होइन, कलम चलाउने मान्छे थिए । कलम चलाउनेसँग कसरी भिडन्त हुन सक्छ ? उनलाई चिन्नेहरू यही प्रश्न गर्ने गर्थे । ०५९ साउन ७ गते हत्या गरिएका महान् योद्धा, जनताका महान् नेता, कुशल साहित्यसर्जक, कुशल शिक्षक, समाजसेवी, होनहार व्यक्तित्व क. डी कौडिन्यको साउन ९ गते झापाको कन्काई माईमा हँसियाहथौडा अङ्कित झन्डा ओढाएर दसौँ हजार जनताको उपस्थितिमा अन्त्येष्टि गरियो । त्यसबखत नै झापाली श्रमजीवी जनताका प्रिय नेताको भौतिक शरीर रहेन । यद्यपि त्यही सपना, त्यही अठोट, त्यही आदर्श र निष्ठा जीवित छ अहिले पनि । यस अर्थमा उहाँँ जीवित हुन्ुहुन्छ ।

यतिबेला सिङ्गो देश ठूलो अन्योलमा छ । सबै तहका निर्वाचनको समाप्ति र निर्वाचितहरूको भीड अनि निर्वाचित भनिएकाहरूद्वारा राष्ट्र र जनतामाथि निरन्तर थोपरिँदै आएको अन्याय, यो सबै दृष्टान्त अहिले सबैको आँखैअगाडि छ । सर्वसाधारण जनताले केपी ओलीको वर्तमान सरकार र ठूलाठूला पार्टी मिलेर बनेको गठबन्धनबाट समृद्धिको सपना देखेका थिए तर आजको दिनसम्म आइपुग्दा सरकार र नेताहरूको कार्यशैली र काम देखेर जनता निराश बनेका छन् । केही गर्ला, अब केही हुन्छ भन्ने आमजनताको बुझाइमा ठेस लागेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनको औचित्यमाथि प्रश्न उठाउँदै त्यसको खारेजीको अपिल गरेर प्रतिरोध आन्दोलन गरेको थियो । यद्यपि राज्यका सबै साधनस्रोत, प्रभाव र शक्ति लगाएर, अर्बौं रुपैयाँ खर्चिएर, भड्किलो तामझाम, रक्सी र मासु पार्टी चलाएर निर्वाचननामक एउटा नाटक मञ्चन भएको थियो । त्यसयता त्यो कृत्रिम नाटकले उत्पादन गरेको भ्रमले सञ्चालनमा ल्याएको शासनले जनता वाक्कदिक्क भएका छन् । तसर्थ यतिबेला जनताको बीचबाट केपी र केपी ओलीको संसदीय व्यवस्थानामक ब्रान्डले जनताको जीवनमा कुनै खुसी ल्याउन नसक्ने ठान्दै जनता नेपाल कम्युनिस्ट पार्टीले सञ्चालनमा ल्याएको एकीकृत जनक्रान्तिको अभियानमा जुट्न थालेका छन् ।

वर्गसङ्घर्षको प्रक्रियालाई दह्रोसँग पक्डेर आन्दोलनको आँधी सिर्जना गर्नसक्ने झापाली जनताको इतिहास र वर्तमान विद्रोही प्रकारको छ । यही विरासतका कारण झापाली जनता अहिले गाउँगाउँबाट उठ्न थालेका छन् । टोलटोलबाट जुर्मुराउन थालेका छन् । हामीले महान् सहिदहरूलाई सम्झिरहँदा सबैलाई सम्झनुपर्छ र सबै महान् सपूतहरूको सपनाप्रति सम्मान गर्न सक्नुपर्दछ । २०२८ सालमा सुखानी जङ्गलमा रगत बगाउने योद्धाहरू, जनयुद्ध र जनआन्दोलनमा जीवन दिनेहरू ती सबै झापाली युवाहरूलाई स्मरण गरिरहँदा हामी सबैको मन उद्वेलित हुन पुग्छ । हाम्रो क्रान्ति पूरा गरिछाड्ने सङ्कल्प दरो भएर ठिङ्ग उभिन पुग्छ ।

क. डी कौडिन्यको जीवनको चर्चा गरिरहँदा हामीले उहाँको जीवन कुनै व्यक्तिगत र निजी जीवनको सुख र समृद्धिका निम्ति होइन, सिङ्गो मानव जातिको सुख र भलोका निम्ति थियो भन्ने पाउँछौँ । समाजमा व्याप्त अनेकौँ उत्पीडन, अन्याय र अत्यचारहरूका विरुद्ध विद्रोह गर्ने विषय र जनतालाई उक्त विद्रोहमा होम्ने कुरामा क. डी कौडिन्यको नेतृत्वदायी भूमिका रहेको देखिन्छ । पत्रकारिता र साहित्यमा प्रखरता र विशिष्टता थियो भन्ने कुरा उहाँका रचना र अनेकौँ प्रस्तुतिहरूबाट थाहा हुन्ेछ । समग्रमा झापाली वर्गसङ्घर्षमा निक्कै अग्लो पात्रका रूपमा रहनुभएका डी कौडिन्य र सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूको साझा सपना पूरा गरिछाड्ने दायित्व नै अहिलेको हाम्रो मुख्य दायित्व हो ।

हामी यतिबेला प्रतिक्रान्तिकारी लालगद्दारहरूले चिहानमा लगेर गाडेको आन्दोलनको झन्डा उठाएर एकीकृत जनक्रान्तिमा होमिएका छौँ । हामी झुपडी र महललाई, गाउँ र सहरलाई जोड्न खोज्दैछौँ । हामी सबै प्रकारका बेथिति र गद्दारीका विरुद्ध विस्फोट हुन खोज्दैछौँ । निश्चय नै हामीले सहिदहरूको बलिदानको स्मरण गर्दै बाँकी कार्यभारप्रति उत्तरदायी बन्नैपर्छ । विभिन्न कालखण्डमा सहादत गर्नुहुने सबै सहिदको सपना पूरा गरिछाड्ने अठोट र प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिको अभियानमा सहभागी हुन जरुरी छ । यसो गर्दा मात्र डी कौडिन्यलगायत सबै सहिदको सम्मान र स्मरण हुनेछ ।

२०७५ साउन ७ गते साँझ ६ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!