खोटाङको अध्यक्षमा प्रधान

फाइल : तस्वीर

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाज अन्तर्गत रहेको खोटाङ–काठमाडौँ  जनगणतान्त्रिक सम्पर्क समाजको एैतिहासिक सम्मेलन यही साउन ५ गते शनिबार सम्पन्न भएको छ । सम्मेलनले खेम प्रधानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसअन्तर्गत उपाध्यक्षमा सुदिन प्रधान, सचिवमा सुदिप राई, कोषाध्यमा रितुषी राई छन् । सदस्यहरुमा शुशिला प्रधान, सुमन खतिवडा, विवश थापा, अनिमा राइ र शुनिल तामाङ निर्वाचित भएका छन् । उक्त कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समाजका अध्यक्ष रत्न मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मगरले बधाई तथा शुभकामना दिदै आउँदो दिनमा अझ सशक्त ढंगबाट अगाडि र एकीकृत जनक्रान्तिको कार्यदिशाको बारेमा आम जनसमुदायमा प्रस्ट पार्नु पर्ने जोड दिएका थिए । आफैं भित्र रहेका सम्पूर्ण खराबीहरुलाई चिर्दै क्रान्तिकारी जुझारुपनको अज झन बढि आवश्यकता रहेको विषय औल्याउदै जस्तो सकै कठिनाईको सामना गर्ने तागत आम सर्वहारा वर्गमा रहेकोले हामी पनि त्यही सर्वहारा वर्गीय धराततालबाटै आएको हुँदा कुनै पनि अभिजाती वर्गीय आचरण कार्यशैली आफ्नो सङ्गठनलाई मान्य नहुने पनि प्रष्ट पारेका छन् ।
२०७५ साउन ७ गते साँझ ६ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :