स्वदेशमा पनि जनसमाजको महत्वपूर्ण भूमिका : थापा

किङ थापा / तेलङ्गना : प्रवासी नेपाली जनसमाज भारत आन्द्रा तेलङ्गनामा संयुक्त राज्य समितिको प्रथम राज्य सम्मेलन यही जुलाई २२ तारिखमा सम्पन्न भएको छ । सम्मेलनले कृष्ण बोगटीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा पूर्ण विक, सचिवमा प्रेम बजगाईं, सहसचिवमा दलबहादुर विक र कोषाध्यक्ष रूपराज भण्डारी छन् । सदस्यहरूमा भूपाल कार्की, मोतीराम विक, कमल विक, विष्णु ढुङ्गाना, धु्रव मल्ल, सीता बीसी, राधिका बोगटी, रीता बोगटी र प्रेम सवात छन् ।

सम्मेलनले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा रामजी खड्का र अनिल बीसी रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि जनसमाजका अध्यक्ष आजाद सेन थापा, अतिथि जनसमाजका केन्द्रीय सदस्य तेजबहादुर तिरुवा, देवेन्द्र रावल, कमल आचार्य, जनसांस्कृतिक महासङ्घका अध्यक्ष टङ्क खाती, देवराज थापा, पूर्वनेपाली जनसांस्कृतिकका एमबी सर्वहारा, आक्षमी धर्मिक समाज गणेश दमला, सुदूरपश्चिमेली समाजका केन्द्रीय अध्यक्ष ध्वोजबहादुर बिष्ट, नेपाली जनसम्पर्क समिति भारतका ताराप्रसाद देवकोटा, प्रभु मनी ट्रान्सफरका अजित बोगटी, अक्षामी देउडा गायक प्रदीप बटाला सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि थापाले अबिर लगाई शुभकामना दिँदै प्रवासी नेपाली जनसमाज भारतको उद्देश्य भनेको भारतमा रहेका नेपाली सचेत गराउने र सङ्गठित गर्ने मात्र होइन, देशमा हुने आमूल परिवर्तनमा पनि महत्वपूर्ण भूमिका रहेको र एकीकृत जनक्रान्तिमा पनि त्यही उद्देश्य रहनुपर्ने बताए । उनले भने, ‘देशमा यति बेला सामाजिक दलाल पुँजीवादले जुन प्रकारले दमन र गिरफ्तार गरेको छ त्यो अत्यन्तै घृणालाग्दो प्रकारको छ । दलाल सरकारले अहिले गाउँगाउँमा सिंहदरबार भनिरहेको छ, त्यो नभएर दलाली र लुटतन्त्र फैलाएको छ ।’
कार्यक्रमको अध्यक्षता कृष्ण बोगटी, स्वागत मतव्य दलबहादुर विक र सञ्चालन प्रेम बजगाईंले गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली जनसांस्कृतिक परिवार कर्णाटकका कलाकारले जनवादी सांस्कृतिक कार्यक्रमका साथै अपेरा पनि प्रस्तुत गरेका थिए ।

२०७५ साउन ८ गते बिहान ८ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :