इन्द्रवती विश्वकर्माप्रति दलित मुक्ति मोर्चाको श्रद्धाञ्जली

इन्द्रवती विश्वकर्माप्रति दलित मुक्ति मोर्चाको श्रद्धाञ्जली

काठमाडौँ : दलित मुक्ति मोर्चा, नेपालले शोक वक्तव्य जारी गर्दै मोर्चाका सल्लाहकार ज्योतिलाल विश्वकर्माकी जीवनसंगिनी इन्द्रवती विश्वकर्माको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माद्वारा जारी वक्तव्यमा इन्द्रवतीको यही मङ्सिर १५ गते बिहान ६९ वर्षको उमेरमा निधन भएकोमा मोर्चा अत्यन्तै मर्माहत एवम् दुःखी भएको भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समिति सल्लाहकार सदस्य ज्योतिलाल विश्वकर्माकी जीवनसंगिनी इन्द्रवती विश्वकर्माको यही मङ्सिर १५ गते बिहान ६९ वर्षको उमेरमा रूपन्देही बुटवलमा भएको निधनले हामी अत्यन्तै मर्माहत एवम् दुःखी भएका छौँ । लामो समयदेखि दीर्घरोगबाट पीडित उहाँ आफ्नो श्रीमान्को पारिवारिक र घरायसी मात्र होइन, प्रत्येक राजनीतिक र सामाजिक कामको पनि सहकर्मी हुनुहुन्थ्यो । दलित मुक्ति आन्दोलनका साथसाथै सिङ्गो क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एकजना हितैषीको मृत्युले आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ । उहाँको निधनप्रति हाम्रो मोर्चा गहिरो दुःख प्रकट गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा यो दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौँ ।’

वक्तव्यमा भनिएको छ, ‘यसैबीच लामो समयदेखि शङ्काको घेरा र निगरानीमा रहेका हाम्रो मोर्चाको काभ्रे जिल्ला अध्यक्ष रमेश नेपाली वैचारिक रूपमा विचलन र पलायन भएका कारण मोर्चाको सम्पूर्ण जिम्मेवारीबाट हटाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :