नेपालमा आज २,०७३ जना कोरोना सङ्क्रमित निको भए, २१ जनाको मृत्यु

नेपालमा आज २,०७३ जना कोरोना सङ्क्रमित निको भए, २१ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १ हजार ३०४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५२९ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ६३३ रहेको छ । त्यसमा आई.सी.यु.मा ३७० जना र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ । यसैगरी क्वारेन्टाइनमा ६१६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :