विश्वभर ६ करोड ३५ लाख ८४ हजार कोरोना सङ्क्रमित, १४ लाख ७३ हजारको मृत्यु

विश्वभर ६ करोड ३५ लाख ८४ हजार कोरोना सङ्क्रमित, १४ लाख ७३ हजारको मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ६ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ९५ हजार ८९१ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वका २१८ मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड ३५ लाख ८४ हजार ४३० पुगेको हो । सङ्क्रमितमध्ये अहिलेसम्म ४ करोड ३९ लाख ७३ हजार जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी मङ्गलबार बिहानसम्म विश्वभर कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १४ लाख ७३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ हजार २८८ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १४ लाख ७३ हजार ७३८ पुगेको हो । त्यस्तै उपचार गराइरहेका १ करोड ८१ लाख ३१ हजार २६९ जनामध्ये १ लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :