क्रान्ति रफ्तार

क्रान्ति रफ्तार

क्षितिजपारि राता मान्छेहरूको उभार पो देख्छु अचेल ।
पिठ्युँमा झोला, हात्तमा झन्डा यात्रा लगातार पो देख्छु अचेल ।

देश सिध्याए दलाल संसद्वादीहरूले
क्रान्तिकारीहरू नै जनताका लागि बफादार देख्छु अचेल ।

जनतासँगै जोडिँदै श्रमदान र घरदैलो अभियान
सङ्घर्षशील समरका यात्रीहरू सदाबहार पो देख्छु अचेल ।

नयाँ विचार, नयाँ ब्यानरमा लाम लाग्दै युवाहरू
गीत–सङ्गीत, नारा–जुलुस चमत्कार पो देख्छु अचेल ।

जेल, नेल, दमन, यातना, प्रतिबन्धलाई जित्दै
उदाउँदो उषाकिरणसँगै क्रान्ति रफ्तार पो देख्छु अचेल ।

केन्द्रीय सामना परिवार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :