इलाममा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

इलाममा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौँ : तरकारी लिएर झापाको दमकका लागि छुटेको को २ च १५ नम्बरको पिकअप भ्यान इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

राँके बजारबाट झापाको दमकका लागि छुटेको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका सचिन राई र विकास तामाङलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :