नेपालमा आज १,९३१ जना कोरोना सङ्क्रमित निको भए, २९ जनाको मृत्यु

नेपालमा आज १,९३१ जना कोरोना सङ्क्रमित निको भए, २९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९३१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा जम्मा १ हजार ४७४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी जम्मा ८०९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ९११ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५०८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४२३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :