अछामबाट कैलाली आउँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, १७ घाइते

अछामबाट कैलाली आउँदै गरेको बस दुर्घटना : एक जनाको मृत्यु, १७ घाइते

धनगढी : अछामबाट धनगढी आउँदै गरेको बस मार्कुमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ जना यात्रु घाइते भएका छन् । अछामको सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस सोमबार बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना भएको हो ।

जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नं. ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अन्य १७ जना घाइते भएका छन् । घाइतेहरुको टाउको, ढाड तथा हात खुट्टामा बढी चोट लागेको बताइएको छ, तर उनीहरुको पहिचान भने खुलिसकेको छैन । बस साँफे–चौखुट्टे सडक खण्डबाट ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :