भरत परियारलाई मातृशोक, अखिल (क्रान्तिकारी) द्वारा समवेदना व्यक्त

भरत परियारलाई मातृशोक, अखिल (क्रान्तिकारी) द्वारा समवेदना व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का दाङ जिल्ला समिति सदस्य भरत परियारलाई मातृशोक परेको छ । महावै गाउँपालिका वडा नं ७ राम्नी गेला, कालिकोट निवासी भरत परियारको ममतामयी आमा हरीशोभा परियारकी ५२ वर्षको उमेरमा निधन भएको हो । अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङका अध्यक्ष अनिल केसीले सोमबार हार्दिक श्रद्धाञ्जली एवम् समवेदना वक्तव्य जारी गर्दै हरीशोभा परियारप्रति श्रद्धाञ्जली र भरत परियारलगायत शोकाकुल परिवारजनप्रति धैर्य धारणको कामनासहित हार्दिक समवेदना प्रकट गरेका छन् ।

जिल्ला अध्यक्ष अनिल केसीले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो गैरवशाली संगठन अखिल (क्रान्तिकारी) दाङ जिल्ला संगठन समिति सदस्य, मा.वि. डाडागाउँ (Goglee Technical College) घोराही उप-महानगरपालिका ४ गोग्ली मा Diplama in Civil Engineering दोस्रो बर्ष Fourth Semester मा अध्ययनरत कमरेड भरत परियारको ममतामयी आमा महावै गाउँपालिका वडा नं ७ राम्नी गेला, कालिकोट निवासी हरीशोभा परियारको ५२ बर्षको उमेरमा भएको दुःखद् निधनको खबरले हामीलाई अत्यन्तै दुखित बनाएको छ ।’

अध्यक्ष केसीले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘जनयुद्धको सुरुवातदेखि नै पार्टी क्रान्तिलाई महत्वपूर्ण सहयोग गर्दै आउनु भएकी आमाले सिङ्गो परिवारलाई न्याय, मुक्ति, परिवर्तनको निम्ति पार्टीमा पठाउनु भएको थियो । आज पनि क. भरत कलमका माध्यमबाट संसार बदल्ने महान् उद्देश्यसहित संगठनको जिम्मेवार तहमा हुनुहुन्छ । क्रान्तिकारी वीर योद्धाहरुको जन्मदिने एक साहसी, निडर आमा हरिशोभा परियारको उच्च कदर र सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गर्दछौं । कमरेड भरतलगायत शोकाकुल परिवारजनप्रति धैर्य धारणको कामनासहित समवेदना व्यक्त गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :