अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

अछाममा समाजवादी राष्ट्रिय मञ्च, नेपालको भेला सम्पन्न, अध्यक्षमा भण्डारी

काठमाडौँ : समाजवादी राष्ट्रिय मञ्च, नेपाल अछामको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य अशोक भण्डारीको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष देवीदत्त पाण्डेको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलाले ३ जना पछि थप्नेगरी २१ जनाको जिल्ला कमिटी निर्माण गरेको हो ।

समाजवादी राष्ट्रिय मञ्च नेपालको संगठन विस्तार तथा जिल्ला कमिटी निर्माणको क्रममा अध्यक्ष अशोक भण्डारी, उपाध्यक्ष महेन्द्र भण्डारी, सचिव गोरख विक, सहसचिव ताराबहादुर देउवा, कोषाध्यक्ष सृजना शाही, सदस्य लाल रावल, सदस्य शेरबहादुर बुढा, सदस्य नरेन्द्र रावल, सदस्य भीमबहादुर विष्ट, कमल भण्डारी, चक्र भण्डारी, मोहन टमट्टा, पुरन टमट्टा, जग्गेबहादुर शाही, हस्तबहादुर शाही, ध्रुव भण्डारी, जनक वटाला, धिरेन्द्र शाही र बाँकी पछि थप्नेगरी कमिटी निर्माण गरेको छ ।

राष्ट्रिय परिवेश, जनतन्त्र जनजीविका तथा समाजमा व्यप्त अनियमितता, भ्रष्टाचार, बिसङ्गतिका सवालमा समयानुकुल बहस, छलफल, खबरदारी अभियानका माध्यमबाट समाज परिवर्तनका लागि नागरिकका तर्फबाट अभियान सञ्चालन गर्दै कर्तव्य बहन तथा अधिकार प्राप्तिकालागि संघर्ष गर्नका निम्ति समाजवादी राष्ट्रिय मञ्च नेपालको अछाम जिल्ला भेला सम्पन्न गरेको समाचार प्राप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :