विश्वभर ६ करोड २५ लाख कोरोना सङक्रमित, ४ करोड ३१ लाख ८८ हजार निको भए

विश्वभर ६ करोड २५ लाख कोरोना सङक्रमित, ४ करोड ३१ लाख ८८ हजार निको भए

काठमाडौँ : विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड २५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ७१ हजार ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस सङ्क्रमण सुरू भएको एक वर्ष बित्दा २१८ मुलुकका ६ करोड २५ लाख ६२ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर निको हुनेको सङ्ख्या ४ करोड ३१ लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ९२ हजार ७६३ जना सङ्क्रमण मुक्त भएर घर फर्केका छन् ।

त्यसैगरी आइतबार बिहानसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १४ लाख ५८ हजार ९३ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ९ हजार १९९ जनाको ज्यान गएको हो ।

त्यस्तै हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :