मोर्गन कलेज बढी शुल्क फिर्ता गरी विद्यार्थीमाथिको मुद्दा फिर्ता लिन सहमत

मोर्गन कलेज बढी शुल्क फिर्ता गरी विद्यार्थीमाथिको मुद्दा फिर्ता लिन सहमत

काठमाडौँ : मोर्गन इन्टरनेसनल कलेज आफूले नियमविपरीत वृद्धि गरेको शुल्क फिर्ता लिन र विद्यार्थीमाथि लगाएको मुद्दा फिर्ता गर्न सहमत भएको छ । अखिल क्रान्तिकारी र कलेजबीच शनिबार भएको वार्तामा मापदण्डविपरीत लिइएको शुल्क फिर्ता गरी १६ विद्यार्थीमाथि लगाइएको झूट्टा मुद्दा पनि फिर्ता लिन कलेज तयार भएपछि सहमति भएको हो ।

अखिल क्रान्तिकारीले यसअघि कक्षा १२ को परीक्षामा बाधा पुग्ने गरी कलेजले मापदण्डविपरीत शुल्क लिएको र प्रहरी लगाएर विद्यार्थीलाई गिरफ्तार गराई झूट्टा मुद्दा लगाएपछि कलेजमा कालोझन्डा गाडेर साङ्केतिक कारबाही गरेको थियो । त्यसपछि कलेज बाध्य भएर सहमतिमा आएको हो ।

अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तीनबुँदे सहमति भएको सार्वजनिक गरेका छन् । अखिल क्रान्तिकारी र कलेज प्रशासनबीच भएका सहमतिका बुँदा यसप्रकार रहेको बिष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ :

१) कलेज प्रशासनले मापदण्डविपरीत विभिन्न शीर्षकमा असुल गरेको शुल्कबारे तथ्यसहित छानबिन गर्ने र बढी शुल्क लिएको पाइएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्ने ।

२) कलेज प्रशासनले १६ जना विद्यार्थीमाथि लगाएको झूट्टा मुद्दा फिर्ता लिने ।

३) कलेज प्रशासनद्वारा वार्ता र संवादको माध्यमबाट समस्या समाधान नगरी प्रहरी प्रशासनको दुरुपयोग गरी विद्यार्थीमाथि दमन गर्ने, गिरफ्तार गर्नेजस्ता गुण्डागर्दी शैलीप्रति आत्मालोचित हुँदै आगामी दिनमा यस्ता गल्तीकमजोरी नदोहोर्याउने ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :