हर्क पुन ‘जीवन’ नेकपाबाट निष्कासित

हर्क पुन ‘जीवन’ नेकपाबाट निष्कासित

सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले वैकल्पिक जिल्ला सदस्य हर्क पुन ‘जीवन’ लाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । सेक्रेटरी तुफानले विज्ञप्ति जारी गरी हर्क पुनले सामाजिक रूपमा विभिन्न प्रकृतिका अभद्र र अपाच्य गतिविधि गरेको व्यापक जनगुनासो आएपछि स्पष्टीकरण लिन खोज्दा सफाइ दिन नसकेको र पार्टी आन्दोलनका विरुद्ध विभिन्न भ्रम फैलाइरहेपछि जिल्ला पार्टी सचिवालयको बैठकको निर्णयबमोजिम साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला बाह्य खराबीका विरुद्ध र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा अनवरत सङ्घर्ष गरिरहेको छ । आदरणीय जनसमुदाय, पार्टी र सङ्गठन खराब तत्व र दलालहरूसँगको लडाइँमा कतै पनि नझुकी अघि बढ्ने कुरामा दृढ विश्वास दिलाउन चाहन्छ । पार्टी र आन्दोलनको महान् उद्देश्य हुँदाहुँदै पनि पार्टीभित्र घुसेका केही अवसरवादी बुख्याँचाहरू क्रान्तिमा आइपर्ने जटिलतालाई सहन गर्न नसकेर पार्टीबाट भाग्ने, आत्मसमर्पण गरी विसर्जनको दिशामा पुग्ने प्रवृत्ति कताकति देखापरिरहेका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा नेकपा सल्यान जिल्लाको वैकल्पिक जिल्ला सदस्य रहेका हर्क पुन भनिने जीवनले सामाजिक रूपमा विभिन्न प्रकृतिका अभद्र र अपाच्य गतिविधि गरेको र सामाजिक रूपमा व्यापक जनगुनासो आएको हुनाले उक्त जीवन पुनलाई स्पष्टीकरण लिन खोज्दा यसको सफाइ गर्न नसकेर पार्टी आन्दोलनका विरुद्ध विभिन्न असत्य भ्रम फैलाइरहेको हुनाले नेकपा सल्यान जिल्ला पार्टी सचिवालयको बैठकको निर्णयबमोजिम आजका मितिदेखि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कुरा यसै विज्ञप्तिमार्फत घोषणा गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :