नेयमारको गोलले पीएसजी बराबरीमा

नेयमारको गोलले पीएसजी बराबरीमा

काठमाडौँ : शीर्ष स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

१०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ मिनेटमा नेयमारले गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याए । नेयमारले पेनल्टीमा गोल गरेका हुन् ।

नेइमारपछि मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । ६०औँ मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

पीएसजी बराबरीपछि पनि शीर्ष स्थानमै छ । १२ खेलबाट २५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :