नेपालमा आज १,३८० जना कोरोना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

नेपालमा आज १,३८० जना कोरोना सङ्क्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३८० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७२३ पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा २८५ महिला र ३६० पुरुष थपिएसँगै उपत्यकामा ६४५ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा ९ हजार ३६८ नमुना परीक्षण गर्दा ५४६ जना महिला र ८३४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १९ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार ४५४ पुगेको छ । पछिल्लो २४ घन्टामा ५१५ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ११ हजार १८६ पुगेको छ । यो कुल सङ्क्रमितको ९१ दशमलब ५ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८३ रहेको छ । त्यसमा आई.सी.यु.मा ५० जना र भेन्टिलेटरमा ३२५ जनाको उपचार भइरहेको छ । यसैगरी होम आइसोलेसनमा ३२५ जना र क्वारेन्टाइनमा ६१८ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :