विश्वभर ४ करोड २७ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

विश्वभर ४ करोड २७ लाखभन्दा बढी कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४ करोड २७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ९६ हजार ८५३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो ।

यस्तै कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड १२ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख १२ हजार ८२५ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ ।

त्यसैगरी विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या १४ लाख ४८ हजार ९२४ पुगेको छ ।

त्यस्तै हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार १० जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :