जन्ती बोकेको जीप रुकुममा दुर्घटना, ४ जनाको मृत्यु

जन्ती बोकेको जीप रुकुममा दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ : जन्ती बोकेको जीप रूकुम पश्चिममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको छ भने वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आठबीसकोट नगरपालिका वडा नं. ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो । जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :