कोरोनाका कारण माक्र्सवादी चिन्तक मुरारि अर्यालको निधन

कोरोनाका कारण माक्र्सवादी चिन्तक मुरारि अर्यालको निधन

काठमाडौँ : स्थापित माक्र्सवादी चिन्तक एवम् स्रष्टा मुरारि अर्यालको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । विगत केही दिनदेखि अर्यालको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोरोना सङ्क्रमणका कारण उनको फोक्सोमा गम्भीर क्षति पुगेको जानकारी चिकित्सकहरूले दिएका थिए । अर्याल ६४ वर्षका थिए ।

माक्र्सवादी दर्शन, राजनीति, अर्थतन्त्र र साहित्य–समालोचनामा निरन्तर कलम चलाउँदै आएका अर्यालको निधनले नेपालको माक्र्सवादी आन्दोलनमा ठूलो क्षति पुगेको छ । प्राप्त समाचारअनुसार अर्यालकी श्रीमती विमला अर्याललाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । हाल उनको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

मुरारिका दाजु भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्यालले भने कोरोनालाई जितेका छन् । उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :