नेपालमा आज १,२३६ जना कोरोना सङ्क्रमित निको भए, १,७०३ जना थपिए, २३ को मृत्यु

नेपालमा आज १,२३६ जना कोरोना सङ्क्रमित निको भए, १,७०३ जना थपिए, २३ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख १० हजार ६७१ पुगेको छ । यो कुल संक्रमितको ९१ दशमलब ९ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ६९६ महिला र १ हजार ७ पुरुष गरी जम्मा १ हजार ७०३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी जम्मा ८२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ४६० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३५ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २३७ रहेको छ । त्यसमा आई.सी.यु.मा ३५४ जना र भेन्टिलेटरमा ५४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १० हजार ९४४ जना र क्वारेन्टाइनमा ६०१ जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ र डोल्पा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :