कस्मिर हमलामा नेपाली युवकको मृत्यु

कस्मिर हमलामा नेपाली युवकको मृत्यु

काठमाडौँ : भारतीय सेनामा काम गर्ने नेपालीले अर्काका लागि ज्यान फाल्नुपर्ने अवस्था अझै कायम छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुर निवासी प्रेम केसी विद्रोहीहरूको हमलामा परी मारिएका छन् । भारतको जम्मुकस्मिरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० वर्षीय केसी शुक्रबार बिहान मारिएको रातोपाटीले जनाएको छ ।

बिहान ५ बजेतिर केसी कार्यरत सैनिक टुकडीमाथि विद्रोहीहरूले हमला गरेको र गोली लागी घाइते भएका केसीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे जानकारी उनका दाजु तुलसी केसीले दिएको पनि समाचारमा जनाइएको छ । भारतीय सेनाले घरपरिवारलाई शुक्रबार बिहान फोन गरी प्रेमलाई गोली लागेको भन्ने खबर दिएको पनि उनले बताएका छन् ।

समाचारअनुसार प्रेमले भारतीय सेनामा जागिर खाएको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :