नेपालमा आज १,४३७ जना कोरोना सङ्क्रमित निको भए, २३ जनाको मृत्यु

नेपालमा आज १,४३७ जना कोरोना सङ्क्रमित निको भए, २३ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४३७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४३५ पुगेको छ । यो कुल संक्रमितको ९२ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ६४० महिला र ९७४ पुरुष गरी जम्मा १ हजार ६१४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३३७ महिला र ४४८ पुरुष गरी जम्मा ७८५ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ४९१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २३ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४१२ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ७९३ रहेको छ । त्यसमा आई.सी.यु.मा ३३३ जना र भेन्टिलेटरमा ५६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १० हजार ५७५ जना र क्वारेन्टाइनमा ६८० जना रहेका छन् ।

यसैगरी ५०० बढी सङ्क्रमित हुने जिल्लाहरु : काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की रहेका छन् भने सून्य सङ्क्रमित भएको जिल्लाहरु : मनाङ, डोल्पा र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :