साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

साँस्कृतिक कार्यक्रमसहित दैलेखमा मनाइयो पुनर्गठन दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार पार्टी पुनर्गठन दिवसको कार्यक्रम ठाँटीकाँध गाउँपालिकाको वडा नं. ४ गैरेगाउँमा सम्पन गरेको छ । सातौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम भुगोलको अध्यक्षतामा जिल्ला इन्चार्ज प्रमुख अतिथि दिपेन्द्र रहेका थिए भने उक्त कार्यक्रम शरदले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेख जिल्ला इन्चार्ज दिपेन्द्रले केपीको सामाजिक दलाल पुँजीवादी सरकारको प्रतिबन्धका बीच पनि जनताको सहयोगमा पुनर्गठन दिवस भव्य रुपमा सम्पन भएको र यो ब्यवस्था पूर्णरुपमा असफल भएकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यबस्थाको लागि एकजुट भएर एकीकृत जनक्रान्तिमा सहभागि हुन जनतालाई अनुरोध गरेका छन् ।

यसैगरी अखिल (क्रान्तीकारी) का केन्द्रीय सदस्य प्रकाश, अखिल (क्रान्तीकारी) दैलेखका अध्यक्ष सुदर्शन, अखिल नेपाल महिला संघ (क्रान्तीकारी) दैलेखका संयोजक प्रतिक्षा र ठाँटीकाँध गाउँपालिका इन्जार्ज शंकेत अतिथि रहेका थिए ।

पार्टी पुनर्गठन दिवसको अवसरमा सरकरी नेकपा परित्याग गरेर ९ जना युवाहरु पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरु निरक शाही, दिपक कठायत, तर्क शाही, तपेन्द्र शाही, पदम शाही, गोरक शाही, कमानसिंह कठायत, पदम सिजापति र जीबन शाही रहेका छन् । कार्यक्रममा ज्वाला सहिद स्मृति परिवारले क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :