देशभरको मौसम बदलीसँगै चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात

देशभरको मौसम बदलीसँगै चिसो बढ्यो, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं : देशभर चिसो बढेसँगै बिहीबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुनुको साथै हिमाली क्षेत्रमा हिमपात भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ती स्थानमा हिमपात हुने अनुमान गरेको थियो । महाशाखाका अनुसार बिहीबार राति पनि देशका पहाडी भेगमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यसैगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

यसैबीच भारतमा आएको निवार नामक शक्तिशाली तुफानको असर नेपालमा पर्ने सम्भावना एकदमै कम भएको बताइएको छ । तमिलनाडू नेपालबाट टाढा भएकाले यसको असर पर्ने सम्भावना अत्यन्तै न्यून भएको महाशाखाले जनाएको छ ।

बिहीबार बिहान काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिमाली भेगपछि सबैभन्दा बढी चिसो काठमाडौँ उपत्यकामा रहेको बताइएको छ । देशभर चिसो बढेको छ । चिसो बढेसँगै कोरोना सङ्क्रमितको समस्यामा जटिलता थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :