गिरफ्तार गरिएका कुमार लगायत सबैलाई तत्काल रिहा गर : जंगली

गिरफ्तार गरिएका कुमार लगायत सबैलाई तत्काल रिहा गर : जंगली

काठमाडौँ : नेपाल कम्युनिीट पार्टी निकट युवा संगठन नेपालले पार्टी पुनर्गठन दिवसको अवसरमा कास्कीमा भइरहेको शान्तिपूर्ण कार्यक्रमबाट युवा संगठन नेपालका केन्द्रीय सदस्य कुमार लगायतलाई गिरफ्तार गरिएकोप्रति घोर भत्र्सना गरेको छ । युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरि जनताले शान्तिपूर्ण रुपमा बोल्न, लेख्न र राजनीतिक गतिविधिसम्म गर्न नपाउने गरि नागरिकहरुमाथि दमन धरपकड गर्नुले यो सत्ताको फासिवादी चरित्र उदाङ्गो भएको भन्दै कुमार लगायत सम्पूर्णको तत्काल निःसर्त रिहाइको माग गर्दै गरेका छन् ।

संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य क. कुमार लगायतका कमरेडहरुलाई पार्टी पुनःस्थापना दिवसको अवसरमा कास्की जिल्लामा भइरहेको शान्तिपूर्ण कार्यक्रमबाट धरपकड गरि गिरफ्तार गरेकोप्रति संगठन घोर भत्र्सना गर्दछ । देश कोरोनाको महामारीसँग आर्थिक, राजनैतिक र सामाजिक रुपमा चरम संकटमा परिरहेको अवस्थामा कथित केपी सरकार भने जनतामाथि आतंक मच्चाउँदै नागरिकमाथि गर्नुपर्ने न्युनतम् दायित्वबाट पनि पन्छिएको छ । सरकारले गरेका संस्थागत भ्रष्टाचार र भ्रष्टाचार गर्नेहरुको संरक्षण लगायतका व्यथितिका विरुद्ध आवाज उठाउने जुन सुकै नागरिकहरुमाथि प्रतिबन्ध लगाउनु र राज्यसत्ताको दुरुपयोग गरि दमन गर्नु यो सत्ताको मुख्य काम बनेको छ ।’

केन्द्रीय अध्यक्ष जंगलीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘जनताले शान्तिपूर्ण रुपमा बोल्न, लेख्न र राजनीतिक गतिविधिसम्म गर्न नपाउने गरि नागरिकहरुमाथि दमन धरपकड गर्नुले यो सत्ताको फासिवादी चरित्र उदाङ्गो भएको छ । कथित केपी सरकार देश र जनताको समृद्धि गर्ने भन्दा पनि आफ्नो आयु लम्ब्याउने र राज्यको सम्पत्तिमाथि दोहन गर्ने ध्यानमा मात्र लागेको छ । यी र यस्ता प्रकारका ब्यथितिका विरद्ध बोल्न, लेख्न र आवाज उठाउँन नपाउने गरि गरिएको दमन, धरपकड र प्रतिबन्धका विरुद्ध हाम्रो संगठन सदैव अग्रपंक्तिमा रहँदै आएको छ । यहि क्रममा गिरफतारीमा पर्नु भएका कमरेड कुमार लगाय सम्पूर्ण कमरेडहरुको तत्काल निसर्त रिहाइको माग गर्दछौं । साथै यो सत्ता जसरी पनि देशलाई युद्धमा धकेल्ने जोडबलका साथ लागिपरेको हुँदा सबै नागरिक सचेत रहन अपिल गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :