त्रिशुलीमा भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता

त्रिशुलीमा भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौँ : प्युठानबाट बिरामी लिएर काठमाडाैँ गइरहेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ । नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको छ भने १५ वर्षीया बिरामी जिनिसा रोक्का अझै बेपत्ता छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

लु १ च ९७३१ नम्बरको गाडी चितवनको इच्छाकामना–४ बाट बिहीबार बिहान साढे ५ बजेतिर त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना प्युठानका ३८ बर्षीय मुकुन्दबहादुर रोका पौडिएर बाँच्न सफल भएका थिए । रोक्काको अवस्था अहिले सामान्य रहेको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ वर्षीय सुर्य के.सी. र ३३ वर्षीया जमुना रोक्काको शव पानीभित्र रहेको जीपबाट निकालिएको शसस्त्र प्रहरीका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी मुराली बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :