नेपालमा आज २,७९१ जना कोरोना सङ्क्रमित निको भए, २४ जनाको मृत्यु

नेपालमा आज २,७९१ जना कोरोना सङ्क्रमित निको भए, २४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७९१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ४ हजार ८५८ पुगेको छ । यो कुल संक्रमितको ९१ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ७२१ महिला र १ हजार ६९ पुरुष गरी जम्मा १ हजार ७९० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४१० महिला र ५३७ पुरुष गरी जम्मा ९४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ४७ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३६१ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ रहेको छ । त्यसमा आई.सी.यु.मा ३९३ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा ६ हजार ५१८ जना र क्वारेन्टाइनमा ६२७ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही रहेका छन् भने सून्य संक्रमित भएको जिल्लाहरु : मनाङ र मुगु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :