नेपालमा आज २,३२३ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,३०५ पुग्यो

नेपालमा आज २,३२३ जना कोरोना सङ्क्रमित निको भए, मृतकको सङ्ख्या १,३०५ पुग्यो

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ३२३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । यो कुल संक्रमितको ८८ दशमलब ४ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ६७४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ ६८५, ललितपुर १६४ र भक्तपुर ४९ गरी काठमाडौँ उपत्यकामा जम्मा ८९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३०५ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :