सरकारी नेकपाभित्रको अन्तरविरोध बारे एक टिप्पणी

सरकारी नेकपाभित्रको अन्तरविरोध बारे एक टिप्पणी

सरकारी नेकपाभित्रको अन्तरविरोध वा झगडा अहिले बखितमबाट लिखितममा पुगेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीचको मोर्चा बनेदेखि नै यो वा त्यो रुपमा चल्दै आएको अन्तरद्वन्द्व कहिले सामान्य त कहिले उत्कर्षमा पुग्दै अहिले एकअर्काप्रति आरोप प्रत्यारोपको लिखित चरणमा प्रवेश गरेको छ । गत कात्तिक २८ गतेको सचिवालयको वैठकमा दोस्रो तहका अध्यक्ष प्रचण्डले केपी ओलीका विरुद्ध १९ पृष्ठ लामो आरोप पत्र दर्ज गरेपछि यसले अन्तरविरोधलाई औपचारिक रुप दिएको छ । प्रचण्डले पेश गरेको आरोप पत्र जसलाई उनीहरुले वैठकको प्रतिवेदन भनेका छन् को जवाफ पनि नदिने र त्यो फिर्ता नभएसम्म वैठक पनि नबस्ने अडान लिएको ओली पक्ष कात्तिक ३ गतेको निर्धारित सचिवालयको वैठकमा अनिच्छा र बाध्यतावस सहभागी भयो र थप १० दिनको म्याद मागेर ओलीले पनि प्रत्यारोप पत्र लेख्ने सहमति भयो । यो बीचमा राष्ट्रपति विद्या भण्डारीदेखि चिनिया राजदूत होउ यान्छी समेतको दौडधुप र भेटघाट पनि चल्यो । जसका कारण आगामी कात्तिक १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समितिको वैठक बस्ने सहमति भएको कार्यसुची प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गरेका छन् । यो विषयलाई लिएर विभिन्न पक्षका टिका टिप्पणी र पक्षविपक्षहरु बाहिर आइरहेका छन् । कसैले यसलाई विधि र प्रणाली बीचको लडाइँ भनेका छन् कसैले भागबण्डाको झगडा भनेका छन् । कसैले यो लोकतन्त्र र धर्म निरपेक्षतालाई धरापमा पार्ने खेल पनि भनेका छन् । स्वयम् द्वन्दरत पक्षले पनि विधि पद्धतिकै कुरा बढी उठाएको छ । त्यसकारण खासमा यो हो के भन्ने विषयमा यहाँ संक्षिप्त टिप्पणी गर्ने कोसिस गरिएको छ ।

लेखक : ओमप्रकाश पुन

१. झगडाको कारण

सरकारी नेकपाभित्रको झगडा वा अन्तरविरोध विचार र कार्यदिशा बीचको नभई कार्यशैली र कार्यप्रणाली बीचको हो । भनिन्छ घरको जगमा छतको आयु निर्भर हुन्छ । एमाले र माओवादी बीचको एकता वा सहकार्य विचार, सिद्धान्त र लग्यमा नभई निहीत स्वार्थ र उद्देश्यमा थियो । त्यो पार्टी एकता नभई मोर्चा मात्रै बनेको थियो । त्यो चुनावी सहकार्यबाट शुरु भएको मोर्चा सत्ता सञ्चालनसम्म पुगेको थियो । दुइवटा अध्यक्ष, साठी/चालिसको समिकरण, सरकारमा आलोपालो प्रणाली र हरेक लाभका पदमा पुर्व समूहको भागबण्डा त्यसैको व्यवहारिक अभिव्यक्ति हो । मोर्चाको सिद्धान्त वा मान्यता के हुन्छ भने समान स्वार्थ मिल्दासम्म सँगै जानेछ तर एकपक्षले त्यसमा सहमति उलंघन गर्यो वा अमान्य गर्यो भने त्यो स्वतः विघटन हुन्छ वा भङ्ग हुन्छ । अहिले डबल नेकपाको मोर्चामा त्यही समस्या पैदा भएको छ । केपी ओली पक्षले त्यसको उलंघन गर्दै जाने र प्रचण्ड पक्षले त्यसलाई निरीहपूर्वक स्विकार गर्दै जानुपर्ने अवस्था आयो । जव त्यो प्रक्रियाले सिमा नाध्यो तव प्रचण्ड समूहका अगाडि दुइवटा विकल्प खडा भए । ति के भने या त केपी ओली सामु सम्पूर्ण रुपले आत्मसमर्पन गर्ने या त विद्रोह गर्ने र आफ्नो मोर्चा समाल्ने । यसमा पनि हारेको सेनाले आफ्नो गुमाएको मोर्चा समाल्न निकै चुनौतिपूर्ण हुन्छ । पूर्व एमाले समूह त्यो पनि केपी पक्ष भनेको संसदवादी मोर्चाको विजेता ग्रुपजस्तै हो भने प्रचण्ड समूह पराजीत र आत्मसमर्पन गरेको समूह हो । भन्न त एमाले र माओवादीको एकता भनियो तर व्यवहारमा त्यो माकेको एमालेमा सम्मिलिकरण भयो । यो एक प्रकारले समायोजन वा एकता नभएर विलोपिकरण हो । पूर्व एमालेको केपी ओली पक्षले यसलाई विलोपिकरणकै रुपमा लिएकोले नै यो समस्या आएको हो । भागबण्डा लगायत पार्टीका सबै अंगहरुमा प्रचण्ड पक्षलाई विरोध गर्न खोज्नु र घरज्वाई बस्न गएको जस्तो व्यवहार गर्नु त्यसकै परिणाम थियो र हो । प्रचण्डले पेश गरेको आरोप पत्र (प्रतिवेदन) मा पनि त्यही कुराको झल्को पाइन्छ । त्यहाँ विचार र सिद्धान्तको बहसको कुरा उठाइएको छैन ।

२. यो अन्तरविरोध हो वा अन्तरसंघर्ष ?

सरकारी नेकपाभित्रको झगडा अन्तरसंघर्ष हैन अन्तरविरोध हो । यसलाई आन्तरिक द्वन्द्व पनि भन्न सकिन्छ । अन्तरसंघर्ष क्रान्तिको आम नियमभित्र पर्छ । अन्तरविरोध क्रान्तिको आम नियमभित्र पर्दैन, बरु बस्तुभित्रको आम नियममा पर्छ । अन्तरविरोध भनेको एउटै बस्तु वा फरक समूहभित्रको समान चाहना फरक विचार र स्वार्थ बीचको खराव हो । क्रान्तिकारी संघर्षका तीन नियम वा चरण अन्तरगत आत्मसंघर्ष अन्तरसंघर्ष र वर्गसंघर्ष पर्दछन् । आत्मसंघर्ष र अन्तरसंघर्ष वर्गसंघर्षका अभिन्न अंग हुन् । माक्र्सवाद र वर्गसंघर्ष पनि अन्तरसम्बन्धीत पक्ष हुन् । वर्गसंघर्ष विनाको माक्र्सवाद र माक्र्सवाद विनाको वर्गसंघर्ष सम्भव छैन । डबल नेकपाको शब्दकोषबाटै वर्गसंघर्ष हराइसकेकोले अन्तरसंघर्ष र आत्मसंघर्ष हुने भन्ने कुरै भएन । माक्र्सवाद विना वर्गसंघर्षको कल्पना गर्न नसकिने भएकोले पूर्व एमाले पंक्तिभित्र माक्र्सवाद र वर्गसंघर्ष अहिल्यै डिलीट भएर पनि रिसाइकलबीनबाटै हटिसकेकोले त्यो आशा गर्नु पनि बेकार हुने भयो । पूर्व माओवादी खेमामा भने वर्गसंघर्ष मूल फाइलबाट डिलीट भए पनि रिसाइकलबीनमा यो रहेकोले कहिलेकाँही आँकलझुकल सपना जस्तो देखिनु स्वभाविकै हो । त्यो पनि जानीबुझी कनै डिलीट गरेकोले आफूलाई अप्ठ्यारो पर्दा मात्रै कहिलेकाँही सम्झनामा आउने भएकोले वास्तविक जीवनमा आउने सम्भावना छैन । यो स्वार्थ, गुट र भागबण्डामा आधारित अन्तरविरोध वा अन्तरसंघर्ष भएकोले यसले विचार, सिद्धान्त र समाजवादी क्रान्तिको क्षेत्रमा कुनै योगदान गर्ने हैन । यसको परिणाम उल्टो सुल्टो जे आए पनि देश र जनताको जीवनस्तरमा कुनै फरक पर्नेछैन । केपी र प्रचण्डबीच चलेको आरोप र प्रत्यारोप पत्रले पनि त्यही कुराको संकेत गर्छ ।

यो भागबण्डामा आधारित भएकोले केपी ओलीले झगडालु पक्षलाई फकाउने, भुलाउने र तर्साउने गर्दै आएका छन् । फुटाउ र शासन गरको पुँजीवादी सिद्धान्त अनुसार केपी ओलीले सामदाम, दण्डभेदको नीति अवलम्बन गर्दै आएका छन् । यसमा प्रचण्ड र माधव नेपालले न त बहुमतको आधारमा केपीलाई कारवाही गर्ने हुती राख्छन् न त चुपचाप बस्न सक्छन् । उही गलेगले खाउँलाको अवस्थामा रहेका छन् । यस्तो हुनुमा दक्षिणपन्थी अवसरवादी चरित्रको परिणाम नै हो ।

३. अन्तरविरोध केमा आधारित छ ?

सरकारी नेकपाभित्रको अन्तरविरोध विचार र सिद्धान्तमा आधारित छैन । त्यो व्यक्तिगत इगो र भागबण्डामा आधारित छ । मतलव केपी र प्रचण्ड बीचको लडाइँ एक प्रकारको जुँगाको लडाइँ हो । त्यसमा माधव नेपाल पनि मिस्सिदा कहिलेकाँही त्रीपक्षीय जस्तो पनि देखिन्छ । यसलाई हाम्रो गाउँले भाषामा अभिव्यक्त गर्नुपर्दा केपी ओली जुँगा नआएको तर उम्केर खाएको जस्तो, प्रचण्ड जुँगा आएको तर उम्केर नखाएको जस्तो र माधव नेपाल कहिले जुँगा पाल्ने कहिले फाल्ने जस्तो चरित्र देखिन्छ । विचार, राजनीति र क्रान्तिका विषयमा तिनीहरु बीच झगडा छैन कि मेरा मान्छे को कहाँ परे र मेरो भूमिका के हुने भन्नेमा छ । सत्ता र शक्ति केपीले एकलौटी कल्पना गरेपछि उनी फासिवादी शैलीमा अघि बढिरहेका छन् । त्यसको मारमा जनता र आम क्रान्तिकारीसहित पार्टीभित्र प्रचण्ड र माधव खेमा पनि परेका छन् । लडाइँ पार्टीमा संघ र प्रदेशमा अनि अन्य राजनैतिक लाभका नियुक्तिमा तेरो मान्छे परेको परेनन् भन्नेमा छ । यसमा केपी ओली आफ्नो मान्यतामा टसमस नहुँने, पुष्पकमल दाहाल कहिले यता लसबस कहिले उता लुसुक्क हुने सही बोली र व्यवहारको ठेगान नहुने र माधव नेपाल कहिले उचालीने र कहिले थेचारिने जस्तो गर्ने भएकोले अन्तरविरोध अन्तहीन जस्तो हुने गरेको छ । यो भागबण्डामा आधारित भएकोले केपी ओलीले झगडालु पक्षलाई फकाउने, भुलाउने र तर्साउने गर्दै आएका छन् । फुटाउ र शासन गरको पुँजीवादी सिद्धान्त अनुसार केपी ओलीले सामदाम, दण्डभेदको नीति अवलम्बन गर्दै आएका छन् । यसमा प्रचण्ड र माधव नेपालले न त बहुमतको आधारमा केपीलाई कारवाही गर्ने हुती राख्छन् न त चुपचाप बस्न सक्छन् । उही गलेगले खाउँलाको अवस्थामा रहेका छन् । यस्तो हुनुमा दक्षिणपन्थी अवसरवादी चरित्रको परिणाम नै हो ।

४. आरोप पत्रको सार

केपी र प्रचण्डका बीच चलेका पत्र व्यवहारलाई हेर्दा देश र जनताप्रतिको मजाक देखिन्छ । त्यसमा प्रचण्डको आरोप पत्रमा केही सत्यतामा आधारित छ, तर केपी ओलीको आरोप पत्र बढि झुठको फलिन्दा र हाँस्यब्याङ्ग्य खालको छ । अवको प्रत्यारोप पत्र केपीको कस्तो आउँछ, त्यो भने हेर्न बाँकी नै छ । अहिलेको अन्तरविरोधमा केपीभन्दा प्रचण्डले अलि बढी विधि पकडेको देखिएता पनि सारमा यी दुवै एउटै कमेस्ट्रि भएका व्यक्ति हुन् । दुवैको पार्टी सञ्चालन गर्ने र आफ्नो स्वार्थको लागि जे पनि गर्ने चरित्र दुवैको समान नै छ । त्यो ता विगतमा जनयुद्धको एकलौटी विर्सजन गर्नेदेखि माओवादीको एक खेमालाई एमालेमा विलय गराउँदा सम्मको घटनाक्रमले प्रचण्डको कार्यशैली प्रष्ट हुन्छ । प्रचण्डको भन्दा केपीको झन बढी नश्लीय पुँजीवादी खालको छ । यो नश्लीय पुँजीवाद भनेको पुँजीवाद र सामान्तवादको गर्भबाट जन्मिन्छ । अध्यात्मवाद र भौतिकवाद, पुँजीवाद र सामान्तवादको अवैध गर्भबाट जन्मिने नश्लीय पुँजीवाद राष्ट्रियताको सवालमा गुलाम राष्ट्रवाद, शासनशैलीमा सामाजिक फासिवाद र विचारको क्षेत्रमा भडुवा विकासवादको रुपमा देखापर्छ । पूर्व एमाले त्यसमा पनि केपी खेमालाई हेर्ने हो भने दौरासुरुवालमा सजिएका पञ्चे जस्ता देखिने, आचरण र व्यवहारमा हेर्यो भने दलाल पुँजीवादी देखिने कारण पनि त्यही हो । पूर्व एमालेको ठूलो खेमा त्यही राता पनि हैन, सेता मण्डलेको रुपमा पतन भएको देखिन्छ भने पूर्व माओवादी एउटा खेमा पनि राता कुण्डलेको रुपमा देखा परेको छ । शासन शैली, आचारण र व्यवहारको दृष्टिबाट हेर्ने हो भने राणाकालका गेनबहादुर, पञ्चायतकालका सूर्वबहादुर, बहुदलको गिरिजा र अहिलेको कथित लोकतन्त्रका केपीमा कुनै फरक देखिँदैन । यही असिष्ट अनुदारवादी, फासिष्ट र अहंकारी शासकको चरित्र अभिव्यक्त भएको छ । आरोप पत्रमा पनि आरोप पत्र देश, जनता र समाजवादप्रति पुरै वेखबर र आफ्नो कुर्सी स्वार्थप्रतिमात्रै केन्द्रित देखिन्छ । आरोप पत्रका केही ठाउँमा सामान्य रुपमा विचारको रंग दिन खोजेता पनि सिङ्गो जोड कार्यशैली र कार्यप्रणालीमा नै दिएकोले यसको विचार राजनीतिसँग कुनै पनि सम्बन्ध छैन भन्ने कुरा स्वयम् पुष्टि भएको छ ।

५. पुँजीवादी चरित्र र केपी ओली

अमेरिकामा राष्ट्रपतीय चुनावमा लज्जाजनक हार खाँदा पनि हार स्विकार नगर्ने डोनाल्ट ट्रम्प भारतमा विरोधी विचार र फरक धर्मलाई स्विकार नगरी हिन्दु धार्मिक सत्ता चलाउन खोज्ने मोदी, रुषमा जीवनभर कुनै पनि कानुनले कारवाही नगर्ने र लालछना लाउन नपाउने कानुन पास गर्ने भ्लादमीर पुटीन र नेपालमा असलम अयोग्य र आलोच्य मै नालायक सावित हुँदा समेत मैले कुर्सी छोडे देशै रहन्न भन्ने केपी यी समकालीन विश्वका लखपात्र शासक देखापरेका छन् । फासिष्ट र तानाशाह शासनहरु राजाको रुपमा दरवारमा मात्रै जन्मिदैनन्, जनताको भोटबाट पनि जन्मिन्छन् भन्ने यी राम्रा उदाहरण हुन् । रुपमा त पुटीनले केही ऐतिहासिक र उल्लेखनीय काम गरेकाले त्यो शक्ति आर्जन गर्नु स्वभाविकै हो तर नेपालमा त केपी ओली अर्काको शक्तिमा खडा भएका दलालले पनि त्यो सपना देख्नु भनेको पुँजीवादको पनि बप्कन चरित्र प्रदर्शन गर्न खोज्नु नै हो । केपी ओली सत्ता र शक्तिका यती अन्धा भइसकेका छन् की आफै निर्वाचित सांसद, आफैले बनाएको संविधान र आफैले गठन गरेको पार्टीलाई समेत वेवास्ता गर्दै गएका छन् । सेना आफ्नै सारथी, राष्ट्रिय अनुसन्धान र अख्तियार आफ्नै सारथी, राष्ट्रपति आफ्नै गोजीको जस्तै भैहालेनि यसो गर्नुको कारण उनलाई आजिवन शासन बन्न धुनसवार भएको छ । देश र जनताप्रतिको उनको जवाफदेहितालाई हेर्ने हो भने उनको चरित्र रोमका सम्राट निरोको नसतो देखिन्छ । रोम जलिरहेको बेला निरो दरवारको छतमा बसेर बासुरी बजाउँदै थिए रे त्यस्तै केपी ओलीको छाँट छ ।

अमेरिकामा राष्ट्रपतीय चुनावमा लज्जाजनक हार खाँदा पनि हार स्विकार नगर्ने डोनाल्ट ट्रम्प भारतमा विरोधी विचार र फरक धर्मलाई स्विकार नगरी हिन्दु धार्मिक सत्ता चलाउन खोज्ने मोदी, रुषमा जीवनभर कुनै पनि कानुनले कारवाही नगर्ने र लालछना लाउन नपाउने कानुन पास गर्ने भ्लादमीर पुटीन र नेपालमा असलम अयोग्य र आलोच्य मै नालायक सावित हुँदा समेत मैले कुर्सी छोडे देशै रहन्न भन्ने केपी यी समकालीन विश्वका लखपात्र शासक देखापरेका छन् । फासिष्ट र तानाशाह शासनहरु राजाको रुपमा दरवारमा मात्रै जन्मिदैनन्, जनताको भोटबाट पनि जन्मिन्छन् भन्ने यी राम्रा उदाहरण हुन् ।

सत्ता र शक्तिको दुरुपयोगको कुरा गर्ने हो भने फ्रान्सका राजा लुईसोश्रो जस्ता देखिँदैछन् । फ्रान्समा लुई सोश्रोका बाजे लुई चौधोले म नै राज्य (I am the state) भन्ने गर्थे । उनका नाती लुई पन्ध्रौ झन कस्ता थिए भने आफू मरेपछि यो संसारको सर्वनाश होस् भन्दथे । लुई सोह्रो आफूलाई भगवान सम्झेर आफनो बोलीलाई देववाणीको रुपमा लिन्थे र अत्याचारी शासन चलाउँथे । उनकी श्रीमति रानी अन्द्रियाकी राज धरानाकी थिइन र निद्रै विलासी थिइन । उनलाई यो देशका जनता भोकै बस्छन भन्ने पनि थाहा थिएन । मर्साल्ल दरवारमा लुई सोश्रोका १,६०० सेवक र महारानी मेरी एन्टोनियरका ५०० दासी थिए । त्यहाँ श्लीन वर्ग, पादटी र शाही परिवारबाट जनता यति प्रताडित थिए की भोकभोकै भने लागेका जनता दरवारको ढोकामा पुगेर लुई सोश्रो की रानी मेरी एन्टोनिएट सामु ‘महारानी हामीलाई खान एउटा ब्रेड पनि छैन’ भनेर हात पसार्दा रानीले यसो भनेर जवाफ दिन्थिन रे –‘ब्रेड छैन भने तिमीहरु किन केक खाँदैनौ त ?’ हो यी नै शासकले पछि जनविरोधी शासन गर्नको लागि प्रेन्ध संसदका ६०० जना जनप्रतिनिधिलाई वेवास्ता गर्दा फ्रान्सेली राज्य क्रान्तिको ज्वारभाटा उठ्यो र सन् १७९३ को २१ जनवरी आइतबारको दिन फासिष्ट राजा लुई सोश्रोको गिलवैनमा टाउको काटियो भने सन् १७९३ कै ३० अक्टोवरका दिन भारदारसहित रानी एन्टोनिएटलाई पनि मृत्यु दण्ड दिइयो । मैले यो प्रसंग यहाँ किन उठाएको भने नेपालमा केपी ओली र विद्या भण्डारीको कानुन शासनशली र फासिवादी चरित्र देखापर्दै छ, त्यसले पनि त्यही इतिहास नेपालमा पनि नदोर्याउला भन्न सकिँदैन । कतिसम्म भने हामी विद्रोही क्रान्तिलाई राज्य शक्तिको कुरुपयोग गरेर दमन गरेका छन नै आफ्नै पार्टीभित्रको अन्तरविरोधमा समेत सेना र प्रहरीको अनुसन्धान विभाग खटाएर फरक खेमामा लागेका नेताहरुलाई निगरानी गर्नु कहाँसम्मको फासिवादी चरित्र देखाउनु हो यसले नै बनाउँछ की केपी ओलीको सामाजिक फासिवाद जनताले कसरी सहन गरेका र भोगेका रहेछन् भन्ने कुरा ।

६. पार्टी एकताबारे हाम्रो धारणा

साविकको नेकपा एमाले र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकता हुँदै गर्दा हाम्रो पार्टीले आफ्नो धारणा निम्नानुसार सार्वजनिक गरेको थियो ।

क) यो एकता विचार, सिद्धान्त, संगठन र राजनीतिमा नयाँ निकास नभई विसुद्ध सत्ता र शक्तिको सिघ्र आसक्तिबाट गरिएको गठबन्धन हो । यो एउटा स्वार्थ अभिप्रेरित गुटको पोका हो । यो कुनै पनि बेला पानीको फोका झै फुट्न सक्छ ।

ख) यो डरको कारण पैदा भएको मोर्चा हो । एकानिर मधेश र जनजातीबाट एमाले समान्त हुने र अर्कोतर्फ ७० को चुनावभन्दा पनि माओवादी केन्द्र तल झर्ने र सानो समूहमा सिमित हुने डरका कारण दुवैको स्वार्थ मिकेर गरिएको सहकार्य हो यो । यो अस्तित्वको रक्षाकरण हो ।

ग) यी विचारको स्वाभाविक मिलन पनि हो । एमाले संसदवादी छदम् पुँजीवादी छदै थियो । पूर्व माओवादीको प्रचण्ड समूह पनि औपचारिक रुपमै संसदवादी भएको घोषणा भएको थियो । यो एकताले समाजवादको पात्रा हैन की पुँजीवादी मात्रा तय गरेको थियो । यसले देश र जनता या कुनै सकारात्मक परिवर्तन ल्याउने छैन बरु उल्टो सामाजिक पुँजीवाद लागु हुनेछ र समाजवाद हैन दलाल पुँजीवाद हावी हुनेछ ।

यो कुरा हाल आएर व्यवहारमा पुष्टि भयो । जनता र कार्यकर्ताको आँखामा छारो हाल्न एमालेको पुरानो दक्षिणपन्थी संशोधनवादी कार्यदिशा जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवादलाई मिलाएर जनताको जनवाद बनाएको नाटक त गरियो तर यी पनि रुषमा ख्रुस्चोवले ल्याएर असफल भएको सो संसदवादी कार्यदिशा बाहेक केही पनि हैन । जव २०४६ सालपछि एमालेले मदन भण्डारीको नेतृत्वमा जनवादको कार्यदिशा पारित गर्यो तव प्रचण्डकै नेतृत्वमा त्यसलाई ख्रुस्चोवी संशोधनवादको नेपाली आयाम भनेर आलोचना गरिएको थियो । त्यही लाइनले नेपालमा विभिन्न खाले प्रतिक्रान्तिकारी हर्कत गर्दै हाल केपी ओलीजस्ता दलाल र गद्दारको जग गरायो । रुषमा ख्रुस्चोवले ल्याएको शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सङ्क्रमणको कार्यदिशाले त्यहाँको समाजवाद मात्रै ढलेन बोरीस एल्तसीन जस्ता गद्दार जन्म पायो र सोभियत संघ नै विघटन गरायो । माओवादी जनयुद्धको विचबाट ल्याइएको एक्काइसौं शताब्दीले जनवादले प्रचण्डलाई एमालेको पाउँमा र बाबुरामलाई माक्र्सवाद नै छोडेर भाग्ने बनायो । अहिले जवज र एक्काइसौं शताब्दीको जनवादको बिचबाट जुन जनताको जनवाद नामको संसदवादी कार्यदिशाले भ्रम दिन खोजिएको छ, यी झन् तल्लो स्तरको सामाजिक फासिवादमा अभिव्यक्त हुँदैछ । क्रान्ति विना युद्धरहित विश्व र चौतर्फी सहयोगको विश्व सम्भव छैन भनेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले शंलेषण गरेको विषय हो । लेनिनको भनाइमा तत्कालीन उपलब्धीलाई नै सबैथोक ठान्ने, सुधारका कुरा मात्रै गर्ने, जोखिम मोल्न नचाहने, दैनिक घटनाको प्रतिक्रियामा मात्रै आफूलाई सिमित राख्ने प्रकृति भनेको सामाजिक जनतन्त्र हो । सामाजिक जनतन्त्र एउटा पुँजीवादी सैद्धान्तिक साशन हो । सामाजिक जनवादी पार्टी पुँजीपति वर्गका राजनैतिक दस्ता छैन । लेनिनको यो भनाईले पनि एमाले र माकेको एकता कस्तो हो भन्ने कुरालाई पुष्टि गर्दछ । माक्र्सको भनाईमा पनि शान्तिपूर्ण सङ्क्रमणमा सबै कुराको आशा गर्ने साधुहरु भनेका ऐतिहासिक आदर्शवादका घोडाहरु हुन् ।

वास्तवमा केपी र प्रचण्डको झगडा केही अवसरवादी तप्का बाहेक आम जनता र देशको निम्ति न हर्ष न विस्मात जस्तै भएको छ । यसलाई क्रान्तिकारी दृष्टिकोणबाट हेर्ने हो भने यिनीहरुबीचको झगडा मिले पनि क्रान्तिकारी आन्दोलनको निम्ति फाइदा नै छ र फाटे पनि फाइदा नै छ । किन की मिले पनि भागबण्डामा मिल्यो भनेर जनताले बुझ्ने छन् र फाटे पनि यो सिद्धान्त र विचारमा आधारित एकता थिएन भनेर जनताले बुझ्ने छन् ।

वास्तवमा वर्गीय सम्मानमा वर्गविहीन वा वर्गभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुँदैन । सबै राजनीतिक दलहरुको वर्गीय स्वरुप हुन्छ । हलगत भावना भनेको वर्ग चरित्रको केन्द्रीय अभिव्यक्ति हो । सर्वहारा वर्गको पार्टीमा जनवादी केन्द्रीयता र लौल अनुशासन हुन्छ । त्यहाँ विचारको बहस हुन्छ । निजी स्वार्थ र गुटगट भावनाबाट माथि उठेका नेताकार्यकर्ताहरुको उपकार हुन्छ तर सरकारी नेकपाभित्र के रहेछ भन्ने कुरा त स्वार्थ पेश गरिएका आरोप पत्रहरुको नै पुष्टि गरिसकेका छन् । तसर्थ यो एकता नीति, विचार र समाजवादी उद्देश्यमा थिएन भन्ने कुरा पुष्टि भएको छ ।

७. अन्तरविरोधको परिणाम के होला ?

सरकारी नेकपाभित्रको अन्तरविरोध भागबण्डा मिले एकता अनिवार्य अझ जान्छ तर त्यो नमिले विघटन पनि हुनसक्छ । यो कुरा बाहिरी शक्तिको चाक्रामा पनि भर पर्दछ । किन की यी पार्टीभित्रबाट भन्दा पनि बाहिरबाट बढी चल्ने भइसकेको छ । कहिले उत्तरको र कहिले दक्षिण पश्चिमको चलखेल हुनु त्यसकै परिणाम हो । डबल नेकपाभित्रको अवस्था कस्तो छ भने अहिले न त बहुमत पक्षले केपीलाई कारवाही गर्न सक्ने न त केपीले आफ्नो लव छोड्न सक्ने । यसका बचिमा दुइवटा बाटा छन् । या त केपीले पार्टी वा संसदीय दलका पार्टी विभाजन गर्न सक्ने पोजिशन तयार पार्ने र सरकारको नयाँ समिकरण तयार पार्ने वा त्यो नसके संसद विघटन गर्ने र अध्यादेशमार्फत अधिवेशन चुनाव गराउने । यहाँ प्रचण्ड पक्षले दवाव दिएर केपीलाई ब्याक गर्ने र सहमति खोज्ने नसके हिक्मतका साथ कारवाही गर्ने र पार्टी फुटको पनि चुनौति ब्यहोर्ने । यी दुवै कुरामा यदि दशदिनको म्यादमा केपीले कुनै ठुलो षड्यन्त्र नगरी सहजरुपमा आफ्नो प्रत्यारोप पत्र पेश गरेमा सहमतिको सम्भावना धेरै छ । किन की झगडा भागबण्डा र अवसरको भएकोले पार्टी विभाजन भएमा ति दुवै गुम्ने खतरा हुने भएकोले सकेसम्म भीड बाहिरको दवावमा भागबण्डामै मिल्ने देखिन्छ । यदि त्यसो नभएमा पनि न आकाश खस्छ न त धर्ति धस्छ । मोहन विक्रम सिंहजस्ता छदम् अवसरवादीले भनेजस्तो लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता यहाँ कही खतरामा पर्दैन ।

केपी ओलीको नश्लवादी फासिवादलाई जसरी मोहनविक्रमले कुदो काँध थाम्न पुगेका छन् यसले के पुष्टि गर्छभने उनको संसदवादी यात्रा गारो छ र सरकारमा जान खुट्टो उचालेका छन् । सङ्घीयताको विरोध गर्ने तर त्यही संसदीय पुँजीवादको भत्ता खाएर बस्ने । विचारमा क्रान्तिकारी माक्र्सवाद ओकल्ने तर व्यवहारमा संसदीय पुँजीवाद बोक्ने अनि केपी ओलीजस्ता भ्रष्ट दलाल र फासिष्टलाई लोकतन्त्रवादी र राष्ट्रवादी देख्ने मोहनविक्रम सिंहको छुपेरुस्तम प्रकृतिलाई उनको वक्तव्यले नै पुष्टि गरिसकेको छ । वास्तवमा केपी र प्रचण्डको झगडा केही अवसरवादी तप्का बाहेक आम जनता र देशको निम्ति न हर्ष न विस्मात जस्तै भएको छ । यसलाई क्रान्तिकारी दृष्टिकोणबाट हेर्ने हो भने यिनीहरुबीचको झगडा मिले पनि क्रान्तिकारी आन्दोलनको निम्ति फाइदा नै छ र फाटे पनि फाइदा नै छ । किन की मिले पनि भागबण्डामा मिल्यो भनेर जनताले बुझ्ने छन् र फाटे पनि यो सिद्धान्त र विचारमा आधारित एकता थिएन भनेर जनताले बुझ्ने छन् । २०५४ सालको एमालेको विभाजनले जनयुद्धलाई फाइदा नै गरेको थियो । अहिले पनि अवसरवादीहरु यता र उताको कित्तामा लाग्ने छन् तर क्रान्तिकारीहरु विद्रोह गर्नेछन् र क्रान्तिकारी आन्दोलनमा सरिक हुनेछन् । सरकारी नेकपाको सरकारको असफलता र विभाजन भनेको दलाल संसदीय व्यवस्थाकै असफलता भएकोले यसले वैज्ञानिक समाजवादको आवश्यकतालाई नै पुष्टि गर्नेछ ।

२०७७ मंसिर ५ गते शुक्रबार – कैलाली कारागार, धनगढी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :