अफगानिस्तान र तालिबान

अफगानिस्तान र तालिबान

अफगानिस्तानमा २० वर्षको सङ्घर्षपछि तालिबानले सत्ता र शक्तिमा आएको घोषणा गरेको छ । अमेरिकी साम्राज्यवादी सेना अफगानिस्तानबाट बाहिरिएको ४५ दिनभित्रै तालिबानको सत्ता कब्जाले विश्वलाई एक प्रकारले तरङ्गित पारेको छ । यसका पक्ष र विपक्षमा जे मत जाहेर भए पनि यसका खास कारणहरू निम्न रहेका छन् :

लेखक : ओमप्रकाश पुन

१) कम्युनिस्ट प्रभावका विरुद्ध तालिबान जन्माएको नै अमेरिकी साम्राज्यवादले हो ।

२) सन् २०११ को ट्विन टावर घटनापछि तालिबान सरकारलाई नेटो सेना प्रयोग गरी ध्वस्त पारेर अफगान सरकार र असरफ घानीलाई जन्माएको पनि अमेरिकी साम्राज्यवादले नै हो ।

३) अफगानिस्तानलाई कङ्गाल बनाएर सकेपछि तालिबानसँग वार्ता गरेर घानी सरकारलाई समाप्त पारेको पनि अमेरिकी साम्राज्यवादले नै हो ।

४) अफगानिस्तानमा तालिबान वा घानी सरकार ल्याएर त्यहाँका जनतालाई शान्ति र समृद्धि दिने उद्देश्य अमेरिकी साम्राज्यवादको हुँदै होइन बरु जसरी हुन्छ एसियाली धन र मान लुट्ने उद्देश्य नै अमेरिकी साम्राज्यवादको हो ।

५) असरफ घानी सरकारको पतनले साम्राज्यवादी एजेन्ट र दलालहरू आफ्नो र जनताको शक्तिमा भन्दा पनि मालिकको खुट्टामा टिकेका हुन्छन् भन्ने कुरा पुनः प्रमाणित भए पनि तालिबान पनि स्वतन्त्र र राष्ट्रवादी हुन् भन्ने कुरा साँचो होइन र उनीहरू पनि उनैको आशीर्वादमा आएका हुन् ।

६) अल असरफ घानीको सरकारको उपादेयता समाप्त भएपछि साम्राज्यवादीहरूकै नकारात्मक सहयोगमा तालिबान शक्तिमा आएको हो र यसले पनि अफगान जनताको मुक्ति गर्नेछैन तर पनि यसले राष्ट्रवादी शक्तिलाई केही सकारात्मक सन्देश भने पक्कै दिएको छ ।

७) तालिबानको सत्ता पुनरागमनले निरन्तर सङ्घर्षले सफलता प्राप्त हुन्छ भन्ने कुराको सकारात्मक सन्देश क्रान्तिकारीहरूलाई दिएको छ भने दलाल र धार्मिक अन्ध जातिवादीहरूलाई पनि नकारात्मक शिक्षा दिएको छ ।

८) सारमा अफगानिस्तान, घानीको दलाल सरकार र तालिबानी सङ्घर्षले साम्राज्यवादी षड्यन्त्र, लुट र युद्धको असफलतालाई नै पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :