प्रतिगमन र अग्रगमनको धार

कविता

अहिलेसम्म प्रतिगमन
सडकबाट चिच्याएको थियो
बालुवाटारबाट चिच्याएको थियो
अब सडकको प्रतिगमन
सदन तिर लागेको छ
बालुवाटारको प्रतिगमन पनि
त्यतै तिर लाग्ने छ
अब दुबै प्रतिगमनको धार
सदनमा नै बग्ने छ
सदनमै धक्का मुक्की गर्ने छ
सदनमै टुक्का टुक्की हाल्ने छ
भागबन्डामा लड्ने छ
जनतालाई हेरेको हेर्यै पार्ने छ
यता सडकमा भने
अग्रगमनको धार बग्ने छ
क्रान्तिको आवाज उठ्ने छ
जनतालाई एकीकृत पार्ने छ
समाजवादको ढोका खोल्ने छ
प्रतिगमनलाई सदाको लागि ढाल्ने छ ।।

११ फागुन, २०७७ –कैलाली कारागार, धनगढी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :