फापरखेतमा जिप दुर्घटना :एक जनाको मृत्यु, चार घाइते

फापरखेतमा जिप दुर्घटना :एक जनाको मृत्यु, चार घाइते

म्याग्दी : म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नं.को जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :