नेकपा ललितपुरद्वारा राजनीतिक प्रशिक्षण सम्पन्न

नेकपा ललितपुरद्वारा राजनीतिक प्रशिक्षण सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिका कमिटीको आयोजनामा पार्टी सदस्यहरूको सपथ ग्रहण तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगर सेक्रेटरी प्रतिबद्धको अध्यक्षतामा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हितमान, जिल्ला सेक्रेटरी बिशाल, पुर्व जिल्ला सेक्रेटरी रुपसिंहको उपस्थितिमा सोमबार सम्पन्न भएको हो ।

प्रमुख अतिथि हितमानद्वारा उपस्थित सम्पूर्णलाई सपथ ग्रहण गराउने कार्य तथा हललाई राजनीतिक बैचारिक प्रशिक्षण दिई एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भई आम जनमानसलाई परिचालित गर्न अभिप्रेरित गरेका थिए । साथै उनले दलाल संसदीय व्यवस्थालाई जनताद्वारा अवस्यमभाबी बिदाई गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य जम्बुले राखेका थिए भने सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष निगमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :