प्रतिगमनको अबिर जात्रा

कविता

प्रतिगमनको अबिर जात्रा

ए अबिर यात्रीहरू हो
तिम्रो अबिर जात्रा अग्रगमनको होईन
प्रतिगमन कै हो
तिम्रो विजय यात्रा अग्रगामी होइन
पश्चगामी हो
यो जीत जनताको होइन
तिम्रो हो
यो लड्डु खुसीयाली जनताको होइन
तिम्रै हो
यो जीत मुक्तिको होइन
कुर्सीको हो
त्यसैले
यो तिम्रो स्याल हुइयाँ बेकार हो
जनताको लागि हर्ष न बिस्मात भो ।।
ए अबिर यात्री हो
तिम्रो झगडा विचारको होइन
भागवण्डाको हो
तिम्रो बहस प्रणालीको होइन
प्रवृत्तिको हो
तिम्रो सङ्घर्ष माक्सवादको होइन
व्यक्तिवाद को हो
तिम्रो संसद जनताको होइन
जल्लादहरुको हो
तिम्रो व्यवस्था जनताको होइन
दलालहरुको हो
तिम्रो साँठगाँठ जनताको लागि होइन
सत्ताको लागि हो
तिम्रो यात्रा समाजवादको होइन
पुँजीवादको हो
त्यसैले
तिम्रो संसदवादी यात्रा बेकार हो
जनताको लागि
खाऊ त कान्छा बाउको अनुहार
नखाऊ त दिनभरिको शिकार जस्तो भो ।।

मिति :– २०७७/११/१२ हाल कैलाली कारागार, धनगढी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :