नेपालमा आज ५,३६४ जना कोरोना सङ्क्रमित निको भए, २२ जनाको मृत्यु

नेपालमा आज ५,३६४ जना कोरोना सङ्क्रमित निको भए, २२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ९१ हजार २ पुगेको छ । यो कुल संक्रमितको ८८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ७४० महिला र १ हजार २०५ पुरुष गरी जम्मा १ हजार ९४५ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४८४ महिला र ६२३ पुरुष गरी जम्मा १ हजार १०७ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २९८ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ६६५ रहेको छ । त्यसमा आई.सी.यु.मा ४०३ जना र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा १९ हजार १४ जना र क्वारेन्टाइनमा ७५३ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :