नवलपुर र रुपन्देहीमा नेकपाद्वारा गाउँ–गाउँमा पोस्टरिङ

नवलपुर र रुपन्देहीमा नेकपाद्वारा गाउँ–गाउँमा पोस्टरिङ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुर र रुपन्देहीले सातौँ पार्टी पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका विभिन्न ठाउँमा पोस्टरिङ गरेको छ । नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिकामा मुख्य–मुख्य स्थानमा ३०० भन्दा बढी पोस्टरिङ नेकपाले गरेको छ । स्थानीयका अनुसार नेकपाले पार्टी पुनर्गठन दिवसलाई उत्सवको रुपमा मनाउने तयारी गरिरहेको बेला पोस्टरिङ गरेको बताइएको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बुटवल बजारको राजमार्ग मूलसडक छेउ, मुख्य–मुख्य चोकहरुमा पोस्टर टाँसेको छ । बुटवलको चौराहा, ट्राफिकचोक, मिलनचोक, नयाँ बसपार्क, अस्पताललाइन, कालिकानगर, पुरानो बसपार्क, दीपनगर, आम्दालाइन, गोलपार्क, पुरानो बुटवल, योगीकोटीलगायत करिब दुई दर्जनभन्दा बढी मुख्यचोकहरुमा पोस्टरिङ गरेको छ । त्यसैगरी बुटवल मिलनचोकस्थित सामाजिक विकास मन्त्रालयको गेट नजिकै समेत पोस्टर टाँसिएको भेटिएको छ र नगरपालिकाका अन्य सरकारी कार्यालयहरुका गेट र भित्ताहरुमा समेत पोस्टर टाँसेको स्थानीयले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ६, ७ र ८ गते सातौँ पार्टी पुनर्गठन दिवस देशभर भव्य रूपमा मनाइरहेको छ । पार्टी स्रोतले दिएको जानकारीअनुसार ६ देखि ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :