अमेरिकामा कोरोनाबाट ७२ लाख ३६ हजार निको भए, १ करोड २० लाख ६३ हजार सङ्क्रमित

अमेरिकामा कोरोनाबाट ७२ लाख ३६ हजार निको भए, १ करोड २० लाख ६३ हजार सङ्क्रमित

काठमाडौँ : अमेरिकामा दैनिक एक लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिने क्रम अझै रोकिएको छैन ।

पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै १ लाख ८७ हजार ८४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १ करोड २० लाख ६३ हजार ५७ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ७२ लाख ३६ हजार ३३५ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ ।

त्यस्तै उपचार गराइरहेका ४५ लाख ७९ हजार १४४ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यसैगरी अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ५८ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतकको सङ्ख्या २ लाख ५८ हजार २८० पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :