नेपालमा आज २,८५८ जना कोरोना सङ्क्रमित निको भए, २,१०३ थपिए, १७ को मृत्यु

नेपालमा आज २,८५८ जना कोरोना सङ्क्रमित निको भए, २,१०३ थपिए, १७ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८५८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यो कुल संक्रमितको ८६ दशमलब ३ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ८६४ महिला र १ हजार २३९ पुरुष गरी जम्मा २ हजार १०३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ५१३ महिला र ७१६ पुरुष गरी जम्मा १ हजार २२९ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १५ हजार २० पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २७६ पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार १०६ रहेको छ । त्यसमा आई.सी.यु.मा ३८० जना र भेन्टिलेटरमा ६२ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २५ हजार ३४७ जना र क्वारेन्टाइनमा ७६७ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :