नेकपाका पाल्पा जिल्ला इन्चार्ज सिंहसहित २ जना गिरफ्तार

नेकपाका पाल्पा जिल्ला इन्चार्ज सिंहसहित २ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पाल्पा जिल्ला इन्चार्ज पुर्णबहादुर सिंहसहित २ जनालाई बुटवलबाट प्रहरीले गिरफ्तार गरेको छ ।

सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका पुर्णबहादुर सिंह र उनिसँगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई प्रहरीले बिहीबार बिहान गिरफ्तार गरेको बताइएको छ । दुवैजनालाई बुटवल इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :