विश्वभर कोरोना भाइरसबाट ५ करोड ६५ लाख सङ्क्रमित, ३ करोड ९३ लाखभन्दा बढी निकाे भए

विश्वभर कोरोना भाइरसबाट ५ करोड ६५ लाख सङ्क्रमित, ३ करोड ९३ लाखभन्दा बढी निकाे भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १३ लाख ५३ हजार ९१८ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै १० हजार ८४६ जनाको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका सङ्क्रमितको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार (मंसिर ३ गते ) १० हजार ५३६ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी कोरोनाले सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ५८ लाख नाघेको छ । गत २४ घन्टामा ६ लाख ५ हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ५८ लाख ५५ हजार १८ पुगेको छ ।

संक्रमणको दोस्रो लहरसँगै युरोपमा मात्रै पछिल्लो २४ घन्टामा ५ हजार १४८ जनाको मृत्यु भएको छ, युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

उपचार गराइरहेका मध्ये १ लाख १ हजार २१५ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ६ लाख ५ हजार ६९ संक्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५ करोड ६५ लाख ४४ हजार ९०१ पुगेको छ । यसमध्ये ३ करोड ९३ लाख ३५ हजार ६०५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्केका छन् ।

जाडो मौसमसँग सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको सङ्ख्या बढ्दै गएको छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन् । सङ्क्रमण बढेपछि बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कफ्र्यू नै जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :