नेपालमा आज ३,५३८ जना कोरोना सङ्क्रमित निको भए, १२ को मृत्यु

नेपालमा आज ३,५३८ जना कोरोना सङ्क्रमित निको भए, १२ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ५३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । यो कुल संक्रमितको ८५ दशमलब ८ प्रतिशत हो ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा ५३४ महिला र ९०८ पुरुष गरी जम्मा १ हजार ४४२ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४०३ महिला र ६३५ पुरुष गरी जम्मा १ हजार ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ७३१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १५९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ रहेको छ । त्यसमा आई.सी.यु.मा ३२६ जना र भेन्टिलेटरमा ५४ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २६ हजार ४२१ जना र क्वारेन्टाइनमा ९१० जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :