युवा र कार्यभार

युवा र कार्यभार

शारीरिक, मानसिक एवम् संवेगात्मक विकासको उत्कर्ष चरण नै युवा उमेर हो जसमा साहस, जोस, जाँगर अधिक हुने गर्छ । युवा वर्गमा शरीरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्नसक्ने क्षमता हुन्छ । हाम्रो देशमा १६ वर्षदेखि ४० वर्षको उमेरसमूहलाई युवा भनिन्छ । अझ सामान्यीकरण गरेर भन्नुपर्दा बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेको व्यक्तिलाई युवा भनिन्छ । यसरी हेर्दा राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा युवाको संख्या एक करोड सात लाख देखिन्छ ।

लेखक : डीबी सिलवाल

त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाको पर्याय नै युवा वर्ग हो । युवा त्यो उमेरसमूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ । युवा वर्गले राष्ट्रिय भावनाका साथै परिवर्तनगामी शक्तिका रूपमा परिचय बनाएको इतिहास छ । युवावर्ग घर, परिवार, समाज, राष्ट्र र विश्वका मेरुदण्ड भएकाले देशको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका हुन जरुरी छ । आज हामी युवाहरूले राज्य रूपान्तरणमा गरेको योगदान, युवाहरूको दुर्दशा र आगामी दिनमा सचेत युवाहरूले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धमा यहाँ सामान्य चर्च गर्नेछौँ ।

राज्यसत्ता रूपान्तरणमा युवाहरूको योगदान

विश्व–इतिहासलाई सिंहावलोकन गर्दै नेपालको गौरवमय इतिहासका पाना पल्टाउँदा राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीको भूमिकादेखि २०२८ सालको झापा विद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२ देखि सञ्चालित महान् जनयुद्ध र मुख्यतः २०६२–६३ को जनआन्दोलन हुँदै वर्तमान समयमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनार्थ एकीकृत जनक्रान्तिीको बाटोमा लामबद्ध हुने क्रममा सहादत प्राप्त गर्नुहुने कुमार पौडेल, निरकुमार राई, राजु, महान, रामकुमार, दीपेन्द्र, प्रज्वल, सनराइज, निरन्तरजस्ता होनहार युवाहरूको योगदान अतुलनीय छ । मूलतः विगतदेखि वर्तमानसम्म आइपुग्दा राष्ट्रिय मुक्ति आन्दोलनका साथै जनतन्त्र र जनजीविकाका सवालमा सङ्घर्ष गर्दा निरङ्कुश शासन र शासकका दानवीय छायालाई परास्त गर्न र स्वाधीन, समतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा युवाहरूले निर्वाह गरेको भूमिका विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको छ ।

त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाको पर्याय नै युवा वर्ग हो । युवा त्यो उमेरसमूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ । युवा वर्गले राष्ट्रिय भावनाका साथै परिवर्तनगामी शक्तिका रूपमा परिचय बनाएको इतिहास छ । युवावर्ग घर, परिवार, समाज, राष्ट्र र विश्वका मेरुदण्ड भएकाले देशको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका हुन जरुरी छ ।

सुनौलो भविष्य, स्वाधीन र समानतासहितको समाजको अपेक्षा बोकेर लाखौँ युवा २०५२ सालबाट सञ्चालित दीर्घकालीन जनयुद्धमा लामबद्ध भएका थिए । तत्कालीन पार्टीमा कायम गरिएको सुदृढ एकता, नेता–कार्यकर्ताहरूमा विद्यमान पार्टी र क्रान्तिप्रति युवाहरूको समर्पणभावका कारण प्रतिक्रियावादी राज्यव्यवस्थाको भीषण र नरसंहारकारी दमन अभियान चिर्दै नेपाली जनयुद्धले एकपछि अर्को विजयअभियान चुम्न सफल भैरहेको थियो । पार्टीका विभिन्न तहको कुशल नेतृत्व, हजारौँ युवाहरू जनमुक्ति सेनामा लामबद्ध, देशव्यापी रूपमा निर्माण गरिएका सांस्कृतिक परिवारहरूमा युवा सक्रियता, जनसत्ता, सूचनासञ्चार तथा सप्लाईमा युवाहरूको इमानदारी, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा, सहकारीजस्ता विभागीय क्षेत्रमा युवाहरूको भूमिका निर्णायक रहेको थियो र त जनयुद्ध विजयनिकट पुगेको थियो । तर विडम्बना ! मूल नेतृत्वको विचलनसँगै क्रान्तिका विरुद्ध थोपरिएको प्रतिक्रान्तिका कारण जनयुद्धमा सहभागी हजारौँ युवाहरूको स्वाधीन, समुन्नत र समतामूलक समाज निर्माणको सपना अधुरै हुन पुग्यो ।

युवाहरूको दुर्दशा

यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रूपान्तरणको महाअभियानमा युवा वर्गले अग्रीम भुमिका निर्वाह गर्दागर्दै पनि आजसम्मका राजनीतिक नेतृत्वले ‘युज एन्ड थ्रो’ को नीति लिनु समग्र युवा वर्ग र समाजकै लागि दुःखदायी कुरा हो । शासकहरूले युवा वर्गलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नआएकै कारण, सङ्घर्षको बेला नेतृत्वको एक आदेश मृत्युभन्दा प्यारो ठानी अघि बढ्ने लाखौँ युवाहरू आज राज्यसत्ताको नीति निर्माण र निर्णयप्रक्रियाको तहभन्दा कोसौँ टाढा हुनु युवाहरूको निम्ति दुर्दशा भयो । पुराना, पाका र अनुभवी व्यक्ति खोज्ने क्रममा गलिसकेका, मर्न लागेका, मिति गुज्रिएका व्यक्तिलाई स्थान दिँदा वा ती मिति गुज्रिएका व्यक्तिले जिम्मेवारीबाट अवकाश नलिँदाखेरि र युवाहरूलाई विश्वासको आँखाले नहेर्दा युवाहरू नेतृत्व तहबाट टाढा हुन पुगे । नयाँ नेतृत्व युवाहरूको चाहनामा नहुँदो रहेछ । युवा सहभागिताका सन्दर्भमा समाज उदार देखिन्न । युवासोचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा कहिल्यै परेन ।

विडम्बना भन्नुपर्छ, नेतृत्वको यस्तो क्रियाकलापका कारण युवा वर्गमा राजनीतिप्रति वितृष्णा पैदा हुन पुग्यो । युवा वर्गलाई घरपरिवार, समाज, राष्ट्र र विश्वको मेरुदण्डका रूपमा नेतृत्वले कहिल्यै बुझ्न चाहेन । देशको कुल गार्हस्थ उत्पादन, आर्थिक वृद्धि तथा विकास र पर्यटन प्रवद्र्धनको कार्यमा युवा वर्गको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि राज्य र नेतृत्वले कहिल्यै विश्वास गरेन । युवाहरू हरेक क्षेत्रको युगान्तकारी परिवर्तनमा सहभागी हुँदा पनि अन्ततः लाभको पदबाट टाढा नै राखियो । युवाहरूको महत्वपूर्ण योगदानबाट भएका राजनीतिक र सामाजिक परिवर्तनहरूका हिस्सेदार बन्न दिइएन । आजका युवाहरू उन्नति र प्रगतिमा वेगवान् हुन्छन् भन्ने कुरा सत्तामा बसेकाहरूले बुझिदिएको भए सायद युवाहरू निराशावादी हुने थिएनन् । संसद्वादीहरूको चाहना भनेको जसरी हुन्छ चुनावताका भोट पाउनु हो । चुनाव आएपछि युवाहरूलाई विभिन्न झूट्टा प्रलोभनमा पारेर प्रयोग गर्छन् । मोटरसाइकलमा पेट्रोल, मोबाइलमा ब्यालेन्स, एक ट्वाक रक्सी र एक डबका छ्याङका भरमा युवाहरूलाई प्रयोग गर्छन् । जब चुनाव जित्छन्, सत्तामा पुग्छन् तब क्रमशः बिर्संदै जान्छन् ! युवाहरूका लागि राज्यले गुणस्तरीय, व्यावहारिक र सर्वसुलभ शिक्षा दिन कहिल्यै सकेन । रोजगारी दिन कहिल्यै सकेन । निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सकेन । यी विषयप्रति सत्तालोलुपहरूको कहिल्यै ध्यान गएन । जसरी भए पनि ‘एनी हाउ पैसा कमाऊ’ भन्ने गलत सोचाइमा लाग्न पुगे । बेरोजगारी समस्य ज्यूँका त्यूँ छ । पछिल्लो जनगणनाअनुसार १९.२ प्रतिशत युवाहरू पूर्ण बेरोजगार छन् । ३६ प्रतिशतभन्दा बढी अर्धबेरोजगार छन् । अहिलेको राज्यव्यवस्थाबाट आकुलव्याकुल भएका श्रमजीवी, किसान र मध्यमवर्गीय युवाहरू एक छाक खान र एकसरो लगाउनकै लागि आज खाडीको ४५ डिग्री तापक्रममा पसिना बगाउन बाध्य छन् । तथ्याङ्क हेर्दा दैनिक पन्ध्र सय युवा विदेशी श्रमबजारमा बेचिएका छन् । यहाँ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकलाकार चिरन पुनको शब्दसङ्गीतमा रहेको गीति काव्यको एक अन्तरा प्रस्तुत गर्दा सान्दर्भिक नै होला :

कसले पुर्यायो तिमीलाई अरबको खाडीमा
त्यो मरुभूमिमा, मलाया छाउनीमा
विदेशी गल्लीगल्लीमा
रहरले हो कि बाध्यताले
दस हन्डर खानुमा, सीमा काटी जानुमा
जीवन उतै फल्नुमा
भारतका गल्लीगल्लीमा ।

यसबाट पनि थाहा हुन्छ नेपाली युवाहरूको दुर्दशा कस्तो छ भनेर । सुनौलो भविष्यको खोजीमा विदेशका गल्लीहरू चाहार्दाचाहार्दै नेपाली युवाहरूको काठको बाकसमा लास दैनिक विमानस्थमा आउँछ । यसप्रति शासकहरूलाई कुनै चासो छैन । जनताले तिरेको कर र युवाहरूले विदेशीको गुलाम बनेर तातो अनि रातो रगतपसिना बगाएर बिरानो ठाउँमा कमाएको रेमिट्यान्सबाट शासकहरू धनाढ्य वर्गमा प्रवेश गरेर सेठको व्यवहार गर्छन् ।

यो दलाल पुँजीपति र संशोधनवादीहरूले चलाएको कृत्रिम र ढोंगी बहस मात्र हो । जनताले चाहेको आमूल परिवर्तन हो । जनताले चाहेको जीवनमा परिवर्तन हो । जनताले चाहेको राष्ट्रको जीवनमा परिवर्तन हो जुन यो दलाल संसदीय पुँजीवादी व्यवस्था कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रद्वारा सम्भव छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भने पनि त्यो व्यवस्था भनेको दलाल पुँजीवादी गणतन्त्र नै हो ।

युवाहरूको आगामी कार्यभार

युवा भनेको साहस, जोश, जाँगर अधिक भएको वर्ग हो । तर हामीले यो साहस, जोश, जाँगरलाई सही तरिकाले प्रयोग गरेमा स्वयम् व्यक्ति र समाजलाई नै सफलता मिल्छ । गलत तरिकाले उपयोग गरेमा विभिन्न दुव्र्यसन तथा अपराधमा संलग्न भै स्वयम् व्यक्ति र समाजलाई नै कुभलो हुने हुन्छ । त्यसैले युवाहरूले आफ्नो क्षमतालाई कहाँ, कसरी र केका लागि सदुपयोग गर्नुपर्ने हो, सही मनन गर्नुपर्छ । नेपाली युवा वर्गले परिवर्तनको आन्दोलनमा निर्वाह गरेको भूमिका र आजका युवा वर्गको दुर्दशाबारे चर्चा गरिएअनुसारको अवस्था के कारणले उत्पन्न भयो ? के यी समस्याहरू आज नै उत्पन्न भएका हुन् ? वा पहिल्यैदेखिका समस्या हुन् ? यी समस्यहरू अहिलेको सरकारको नेतृत्वका कारण उत्पन्न भए कि सिङ्गो व्यवस्थाका कारण ? यी प्रश्नहरूको समाधान खोजेपछि निश्चय नै हामीले हाम्रो बाटो पत्ता लगाउनेछौँ ।

नेपाली श्रमिक तथा उत्पीडित जनताले जसका विरुद्ध सङ्घर्ष गरेका थिए त्यही पुँजपति वर्ग अर्थात् नेपालको हकमा दलाल पुँजीपति वर्ग र संशोधनवादीहरूको अधिनायकत्व र प्रभुत्व कायम रह्यो । भन्दा उत्पीडित जनताको सत्ता र व्यवस्था भने पनि सारतः उत्पीडक वर्गकै हालिमुहाली रह्यो । सत्तालाई पुरानै ठाउँमा राखेर पुरानै वर्गको अधिनायकत्व र प्रभुत्व कायम गरेर जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ भन्ने हौवा फिँजाइयो । यो दलाल पुँजीपति र संशोधनवादीहरूले चलाएको कृत्रिम र ढोंगी बहस मात्र हो । जनताले चाहेको आमूल परिवर्तन हो । जनताले चाहेको जीवनमा परिवर्तन हो । जनताले चाहेको राष्ट्रको जीवनमा परिवर्तन हो जुन यो दलाल संसदीय पुँजीवादी व्यवस्था कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रद्वारा सम्भव छैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भने पनि त्यो व्यवस्था भनेको दलाल पुँजीवादी गणतन्त्र नै हो । आजसम्मका सङ्घर्षहरू यही दलाल संसदीय व्यवस्थाका विरुद्ध थियो । जनतालाई सुखी र समृद्ध बनाउन थियो । जनतन्त्र र जनजीविकाको रक्षा गर्न थियो र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि थियो । विडम्बना ! त्यो पूरा हुन सकेन । उत्पीडित जनतालाई गुमराहमा राखियो । घुमाइफिराई दलाल पुँजीवादी संसदीय व्यवस्था नै लादियो । त्यही भएर नै यो देशका जाति–जनजाति, सुकुमबासी, महिला, युवा, दलित, सीमान्तकृत र श्रमिक वर्गले भनेजस्तो व्यवस्था आएन । यो उत्पीडित वर्ग अभाव र तनावमै हुनुपर्यो । हाम्रा समस्या झन्पछि झन् जटिल बन्दै गए । के अब हामी सधैँ चुप लागेर हाम्रो वर्गका समस्याहरूबाट भागेर, हाम्रो लक्ष्य र उदेश्यबाट भागेर धर पाइएला त ? अहँ, पटक्कै पाइन्न । यो राष्ट्र, यो संसार युवाहरूको हो । युवाहरूको राष्ट्र भएपछि आफ्नो राष्ट्रलाई कस्तो बनाउने भन्ने युवाहरूकै हातमा छ । यस सम्बन्धमा माओको संश्लेषण आज पनि सान्दर्भिक छ–युवाहरू हो, यो संसार तिमीहरूको हो र हाम्रो पनि हो । अन्तिम रूपमा यो संसार तिमीहरूकै हो किनकि हामी अस्ताउँदा सूर्य हौँ भने तिमीहरू बिहानीको उदाउँदो सूर्यजस्ता हौ ।

त्यसैले युवा साथीहरू हो, आउनुहोस् । अब यो देशको मुहार फेर्ने पालो तपाईंहाम्रो काँधमा आइपुगेको छ । सबैखालका व्यक्तिगत स्वार्थ र समस्यालाई पन्छाउँदै एकपटक सामूहिक स्वार्थ र हितका लागि संसारकै उत्तम व्यवस्था वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाका लागि एकजुट होऔँ । उत्पीडित जनता, श्रमिक वर्ग विशेषतः युवाजीवन सुहाउँदो उत्तम वैचारिक र राजनीतिक हतियार भनकै एकीकृत जनक्रान्ति हो । यो सुन्दर भविष्य निर्माणको बौद्धिक र भौतिक हतियार पनि हो । त्यसैले यो बौद्धिक र भौतिक हतियारले नेपाली जनताको प्रगतिको बाधक विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई चिहानमा पुर्याऔँ र त्यही चिहानबाट देश र जनताको मुक्ति र स्वतन्त्रताका लागि नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवाद स्थापना गरौँ । हाम्रो जित सुनिश्चित छ । आउनुहोस्, एकपटक जोडले भनाैँ– वैज्ञानिक समाजवाद जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :