नेकपाको अभियान टोलीद्वारा विद्यालयमा डेस्क र बेन्च निर्माण

नेकपाको अभियान टोलीद्वारा विद्यालयमा डेस्क र बेन्च निर्माण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीद्वारा कालीकोटमा विद्यार्थीहरु फिल्डमा बसेर परीक्षा दिने कष्टपूर्ण अवस्थालाई मध्यनजर गर्दै श्रमदान अभियान सञ्चालन गरेको छ । राजनीतिक अभियान टोलीले कालीकोट जिल्लाको पलाता गाउँपालिकाको एक विद्यालयमा ३ दिन श्रमदान गरि डेस्क र बेन्च निर्माण कार्य सम्पन्न गरेको हो ।

पार्टीद्वारा सञ्चालित राजनीतिक अभियान टोलीका कमाण्डर एवम् दलित मुक्ति मोर्चा नेपालका सचिवालय सदस्य तथा भेरी कर्णाली क्षेत्रीय संयोजक पदम वि.क.‘साहसी’ को नेतृत्वमा साविकको खिन गाविसको कर्णाली माध्यमिक विद्यालयमा ३ दिन श्रमदान गरि बेन्च निर्माण र ढुवानी कार्य सम्पन्न गरेको समाचारमा जनाइएको छ ।

कर्णाली माध्यमिक विद्यालयको कक्षा ११ र १२ को परीक्षा सञ्चालनको तयारीको लागि कात्तिक २७ गते अभिभावक भेलाले विद्यालयमा श्रोत नभएपछि श्रमदानबाट बेन्च निर्माण गर्न आग्रह गरेपछि नेकपाले उक्त निर्माण कार्य गरेको बताएको छ ।

विद्यार्थीहरुलाई फिल्डमा बसेर परीक्षा दिने अवस्थालाई मध्यनजर गर्दै नेकपाको अभियान टोलीले श्रमदान गरि बेन्च डेस्क निर्माण गरेपछि विद्यार्थीहरु भित्रै बेन्चमा बसेर परीक्षा सहज रूपमा दिन पाउने गरि सहज वातावरण बनाएको छ ।

कर्णाली माध्यमिक विद्यालयका अभिभावकहरुले नेकपाको अभियान टोलीले श्रमबाट जनताको र संस्थाको हरेक समस्यासँग साथ दिएकोमा आभारसहित धन्यवाद दिदै आएका छन् ।

जनताले पलातामा सरकार भएपनि स्थानीय सरकार र प्रतिनिधिले जनताका दैनिकि सेवा दिने संस्थाको निम्ति काम नगरेर प्रतिनिधिको पोल्टो भर्ने गरेको सरकारप्रति निराशा व्यक्त गरे । त्यस्तै पलाताको स्थानीय सरकारका प्रतिनिधिले बजेट ब्रह्मलुट मच्चाएको भन्दै स्थानीयले जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने भनेर भियान टोलीलाई सुझाव दिएका छन् । औलाखोला जलविद्युत, सल्लीकोट खानेपानी, लकडाउनमा बालबालिका पढाउने देखि नेकपाले गरेको जनपक्षीय कामको स्थानीयहरु खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

अहिलेका स्थानीय सरकारका प्रतिनिधि वडा नम्बर ४ का अध्यक्ष ऐनरा महतारा, जिल्ला समन्वय समितिका सदस्य अनन्त विक, अध्यक्ष रहेको सो विद्यालयमा हालसम्म केही नगरेको र बरु विद्यालयबाट सुविधा लिएको जनताले प्रतिक्रिया दिए । स्थानीय साधन श्रोत, श्रम, सिपबाट जनताले सञ्चालन गरेको दुखेसो पनि व्यक्त गरे ।

भौतिक संरचनादेखि शैक्षिक सामाग्री अभावमा स्थानीय शैक्षिक सामाग्री विद्यालयले प्रयोग गरेर शिक्षण गरिरहेको छ भने समयमा पलाताका शिक्षक चौमासिक तलव खान पउदैनन्, यसबाट टाढा टाढाका शिक्षकलाई गाह्रो भएको शिक्षकहरुको गुनासो एक शिक्षकले बताए ।

कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरु नेकपाको राजनीतिक अभियानकर्मीद्वारा जनश्रमदानबाट बेन्च निर्माण भएपछि अहिले हर्सित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :