अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा लक्ष्मी राईप्रति हार्दिक श्रद्धाञ्जली

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा लक्ष्मी राईप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले सङ्गठनकी केन्द्रीय सदस्य लक्ष्मी राईप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । सङ्गठनकी केन्द्रीय संयोजक सविता तामाङले बिहीबार श्रद्धाञ्जली वक्तव्य प्रकाशित गर्दै आफ्नो सङ्गठन क्रान्तिप्रति उच्च विश्वास र प्रतिबद्धताका साथ महिला मुक्तिका लागि कटिबद्ध रही लक्ष्मी राईले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । उनले राईको असामयिक निधनप्रति केन्द्रीय समितिका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेकी छिन् ।

संयोजक तामाङद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, ‘एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् र गौरवपूर्ण अभियानमा उच्च साहसपूर्ण, सक्रिय र जुझारु भूमिका निर्वाह गर्दै आउनुभएकी हाम्रो जनप्रिय महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य क. लक्ष्मी राईको ४५ वर्षको उमेरमा क्यान्सर रोगका कारण यही मिति २०७७ कात्तिक २६ गते निधन भएको खबरले हाम्रो सङ्गठन अत्यन्त मर्माहत र स्तब्ध बनेको छ । क्रान्तिप्रति उच्च विश्वास र प्रतिबद्धताका साथ महिला मुक्तिका लागि कटिबद्ध रही उहाँले देखाएको बाटोमा हाम्रो सङ्गठन निरन्तर अगाडि बढ्नेछ । उहाँको असामयिक निधनप्रति हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘उहाँको दुःखद् निधले हाम्रो सङ्गठन र नेपालको महिला आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । हाम्रो सङ्गठन क. लक्ष्मी राईको बाटो र लक्ष्यलाई सफलताको शिखरसम्म पुर्याउन प्रतिबद्ध हुँदै लाग्नेछ । क्रान्तिको झन्डालाई निरन्तर फहराइरहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :