बैतडीमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

बैतडीमा भएको बस दुर्घटनाप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बैतडीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बस दुर्घटनामा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनहरुमा समवेदना व्यक्त गरेका छन् । विज्ञप्तिमा विप्लवले दुर्घटनामा परि मृत्यु हुनेका परिवारलाई उचित सहयोग तथा घाइतेहरुको निशुल्क र व्यवस्थित उपचारको व्यवस्था गर्न सरकारसँग तथा सम्बन्धीत निकायहरुलाई माग गरेका छन् । पटक–पटक भइरहने यस किसीमका दुःखद घटनाहरुको न्यूनिकरणको लागी पहल गर्न समेत सम्बन्धीत सबैपक्षको ध्यान आकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :