नेपालमा आज १,९१३ जना कोरोना सङ्क्रमित थपिए, २,३४९ निको भए, १५ जनाको मृत्यु

नेपालमा आज १,९१३ जना कोरोना सङ्क्रमित थपिए, २,३४९ निको भए, १५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९१३ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २४२ पुगेको छ । त्यसमा काठमाडौँ उपत्यकामा ४२८ महिला र ५४५ पुरुष थपिएसँगै उपत्यकामा ९७३ जना नयाँ सङ्क्रमित पुगेका छन् । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ जना महिला र १ हजार १५४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घन्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएसँगै मृतकको सङ्ख्या १ हजार १८९ पुगेको छ । पछिल्लो २४ घन्टामा २ हजार ३४९ जना निको भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यो कुल संक्रमितको ८० दशमलब ६ प्रतिशत हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । त्यसमा आई.सी.यु.मा ३७३ जना र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २९ हजार ३८४ जना र क्वारेन्टाइनमा ९७४जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :