नेपालमा आज २,५६९ जना कोरोना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

नेपालमा आज २,५६९ जना कोरोना सङ्क्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ महिला र १ हजार ५६२ पुरुष गरी जम्मा २ हजार ५६९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ ९७६, ललितपुर २०४ र भक्तपुर ८१ गरी उपत्यकामा जम्मा १ हजार २६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १७४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ६६६ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यो कुल संक्रमितको ८० प्रतिशत हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । त्यसमा आई.सी.यु.मा ३८२ जना र भेन्टिलेटरमा ९५ जनाको उपचार भइरहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ५१९, होम आइसोलेसनमा २८ हजार ३९३ जना र क्वारेन्टाइनमा १ हजार १०९ जना रहेका छन् ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : भापा, मोरङ, सुनसरी, कार्भेपलाञ्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :