जनता प्रतिरोधमार्फत सत्ताको विकल्प खोजिरहेका छन्

जनता प्रतिरोधमार्फत सत्ताको विकल्प खोजिरहेका छन्

कमरेड, रातो खबर तपाईंलाई हार्दिक स्वागत गर्दछ ।

धन्यवाद ।

 मुलुकको समसामयिक परिस्थितिको अध्ययन–विश्लेषण कसरी गरिरहनुभएको छ ?

सबैलाई थाहा छ मुलुक गम्भीर सङ्कटतिर गइरहेको छ । देशी र विदेशी लुटेराहरूको सिकार भइरहेको छ । पुँजीवादी र दलाल पुँजीपति वर्गले मनपरी महँगी बढाएर लुटेका छन् । सरकारी पक्ष कोरोनाको निहुँमा लुट्दैछ, छिमेकी र विदेशी शक्तिकेन्द्रहरू सीमा अतिक्रमण र आन्तरिक हस्तक्षेप गरेर । सरकार, प्रतिपक्ष र साम्राज्यवाद मिलेर एमसीसीका नाममा राष्ट्रिय स्वाधीनता नै धरापमा पार्दैछन् । यी सबैको केन्द्रमा लुट, भ्रष्टाचार, कमिसन र मुनाफा छ । हाम्रो पार्टीले यसप्रति जनतालाई निरन्तर सचेत बनाउँदै आएको छ । यसबापत हामीले प्रतिबन्ध पाएका छौँ । सरकार कोरोनाको नाममा जनताको शिकार र आतंककारीको नाममा क्रान्तिकारीहरूको सिकार गरिरहेको छ । सरकारी र प्रमुख प्रतिपक्षी दलहरू पद, कुर्सी र स्वार्थका लागि आपसमा लडेर जात्रा गरिरहेका छन् । जनघात, राष्ट्रघात, महँगी, भ्रष्टाचार, कालोबजार, घूस, काण्डैकाण्डले देश थिलथिलो भएको छ । संसद्वादी दलहरू दलालीको होडमा छन् । यही मौका छोपेर छिमेकी मुलुक भारत लिम्पियाधुरा, लिपुलेकको सिकार गरिरहेको छ । अमेरिका एमसीसीको बुलेटमार्फत चीन र नेपाली जनताको सिकार गर्दैछ । यी सबैको एकीकृत प्रतिरोध हाम्रो पार्टीले गर्दै आएको छ । जनता सत्ताको विकल्प खोजिरहेका छन् । विरोध, दमन र प्रतिरोध परिस्थितिको बाध्यता बनेको छ ।

समग्रमा देश सङ्कटको भुमरीमा छ । देशले विकल्प खोजेको छ । नयाँ प्रणाली, नयाँ विचार, नयाँ नेतृत्व खोजेको छ । संसदीय व्यवस्था, दलाल पुँजीवाद, असफल नेताहरूबाट कुनै आशा गर्ने ठाउँ छैन । त्यसैले परिस्थिति क्रान्तिको अनुकूलतातिर गइरहेको छ । क्रान्तिकारी शक्तिहरू एक हुने स्थिति बन्दैछ । सायद सङ्क्षिप्तमा यही नै आजको देशको परिस्थितिको सार हो ।

पार्टीको सातौँ पुनर्गठन दिवस मुखैमा आएको छ । के छ पार्टीको तयारी ? कुनै विशेष कार्यक्रमका साथ मनाउँदै हुनुहुन्छ कि ?

धन्यवाद छ सम्झाइदिनुभएकोमा । सर्वप्रथमतः हामीले महासचिव कमरेड विप्लवको नेतृत्वमा पार्टीलाई आत्मसमर्पणवादी दलाल नेताहरूको नवसंशोधनवाद र अकर्मण्यतावादी दलदलबाट उद्धार गरी नेकपाको पुनर्गठन गरेको पनि छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । यो सुखद अवसरमा सम्पूर्ण पार्टीपङ्क्तिका नेता–कार्यकर्ता र हामीलाई यहाँसम्म आउन पाइला–पाइलाका कठिन परिस्थितिहरूमा पनि साथ–सहयोग दिने जनता, बुद्धिजीवी, वकिल, पत्रकार, मानवअधिकारकर्मी, कर्मचारी, विभिन्न व्यवसायीहरू, राजनीतिक दलका सहयोगी तथा सहकर्मी मित्रहरू, सुरक्षाकर्मीभित्रका पनि सहयोगी मित्रहरू, देशी–विदेशी सहयोगी मित्रहरू सबैलाई धन्यवादका साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । साथै रातो खबर परिवारलाई पनि ।

दोस्रो, यो अवसरमा हाम्रो त्यस्तो विशेष कार्यक्रम त केही पनि छैन । यो कोरोनाका कारण पनि सम्भव रहेन तर प्रचारात्मक खालका ससाना सांस्कृतिक कार्यक्रमहरू, भित्तेलेखन, तुल–ब्यानर, पर्चा–पोस्टरिङ, घरदैलो, भेटघाट, शुभकामना आदानप्रदान, ससाना चियापान, कोणसभा, सरसफाइ, समीक्षालगायत नियमित कार्यक्रमहरू छन् । देशविदेशमा कार्यरत हाम्रो पार्टीका कार्यकर्ता, समर्थक, शुभचिन्तक सबैले आआफ्नो सापेक्षतामा मनाउने कार्यक्रम छ ।

यो देशमा दुई सत्ता, दुई सरकार, दुई संविधान छन् । यहाँ केपी सरकार मात्र छैन, हामी पनि छौँ । संविधान देश चलाउने कानुन हो । उनीहरूको संविधान र कानुनलाई त आफैँले धोती लाइसके । अब त्यो संविधान र कानुनको कामै छैन । त्यो संविधान विदेशी शक्तिकेन्द्रहरूबाट निर्देशित प्रतिक्रियावादी संविधान हो । जनताले बनाएको संविधान होइन । यसलाई पनि धोती लगाइदिएपछि अब के बाँकी रह्यो र ?

नेकपामाथि केपी वली–पुष्पकमल दाहाल सरकारले प्रतिबन्ध घोषणा गरेको पनि दुई वर्ष हुन लाग्यो । यो समय कसरी बिताइरहनुभएको छ ?

प्रतिबन्धको सन्दर्भमा सुरुका दिनहरूमा नयाँ कार्यकर्तामा थोरै असहज महसुस भयो । त्यो बिस्तारै पच्यो । जनयुद्धकालीन कार्यकर्ताहरूलाई खासै प्रभाव परेन । बिस्तारै यो हाम्रो राजनीतिक दैनिकी बन्यो । अहिले त सबै सहज बनेको छ । यसले नयाँलाई पनि पाको बनायो । भूमिगत कार्यशैली सिक्ने एउयटा कोर्स नै पूरा भयो । धेरैले यो कोर्स पास गरे । केही फेल भएर आत्मसमर्पण गरे । अहिले ती साथीहरू पनि पछुताइरहेका छन् र फेरि आत्मालोचित हुँदै फर्किरहेका छन् । यो क्रान्तिको प्रक्रिया हो ।

प्रतिबन्धको विरोधमा धेरै मित्रहरूको सहयोगप्रति हाम्रो पार्टी धन्यवाद दिन चाहन्छ । एकीकृत जनक्रान्ति हामी प्रतिबन्ध खेप्नेको मात्र होइन, यो सम्पूर्ण स्वाभिमानी नेपाली जनताको हो । हामीले त यसको अगुवाइ गरेको मात्र हो । असजिलो र जटिल परिस्थितिमा कोही बोल्न र अगाडि आउन सक्दैनन् । त्यो बेला छाती खोलेर यसको नेतृत्व लिएको मात्र हो तर क्रान्ति हामी सबैको हो, गर्ने सबैले हो । यसमा जजसले जहाँजहाँबाट भूमिका निर्वाह गर्नुभएको छ, ती सबै मित्रहरूलाई हाम्रो पार्टी र सत्ता (केन्द्रीय जनपरिषद् नेपाल) धन्यवाद दिन चाहन्छ ।

प्रतिबन्धले हामीलाई यो देशको विकल्प शक्तिका रूपमा उभ्याइदियो । देश–विदेशमा चिनाइदियो । जनताको माया पाएका छौँ । त्यो सरकारी नेकपा, नेकपा होइन, साम्राज्यवादको दलाल हो भन्ने पुष्टि गर्यो । हामीलाई हान्न टाउकोमा उचालेको ढुङ्गा आफ्नै घुँडामा बजारेका छन् ।

जहाँसम्म समय बिताउने कुरा छ– हामी समय मात्र बिताइरहेका छैनौँ, बरु हामी हाम्रो पार्टीको दैनिक कामका साथै पार्टीका अन्य राजनीतिक, वैचारिक, साङ्गठनिक तथा कोरोनाको समयमा सामाजिक काममा समेत सहभागी बनिरहेका छौँ । हामी आआफ्नो क्षेत्र र जिम्मामा कहिले शारीरिक, कहिले मानसिक र वैचारिक, कहिले साङ्गठनिक कामहरूमा व्यस्त रहँदा समय बितेको पनि पत्तै भएन । कति चाँडै २ वर्ष बितेछन् यो प्रतिबन्धपछिका । कहिलेकहीँ त व्यस्तताले दिन र बार पनि बिर्सिन्छ ।

एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीमाथि अर्को कम्युनिस्ट नाउँको पार्टीले चलाएको सरकारले प्रतिबन्ध लगाउनुको तात्पर्य र यसले सिङ्गो कम्युनिस्ट आन्दोलनमा पारेको प्रभावका बारेमा केही बताइदिनुस् न ! संसारमा यस्ता उदाहरण अन्यत्र पनि छन् कि ?

प्रतिबन्ध नौलो घटना होइन । यो दस वर्षको माओवादी जनयुद्धमा आमजनताले बेहोरेको ताजा घटना हो तर कम्युनिस्ट सरकारले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध गरेको घटना भने नेपाली जनताका लागि पहिलो र नयाँ हो तर विश्व–इतिहासमा भने यो नयाँ होइन । आजको २१ औँ शताब्दीको नेपालको स्तरमा नभए पनि छिमेकी देश भारतको पश्चिमबङ्गाल राज्यमा त्यहाँका कम्युनिस्टको राज्य सरकार र भाकपा माओवादी, रुसमा केरेन्स्कीको सरकारमा सहभागी मेन्सेभिकले बोल्सेबिक पार्टीमाथि गरेको प्रतिबन्ध र दमन, फ्रान्समा मिलेराँले र जर्मनमा सिद्देमानले त्यहाँका कम्युनिस्टहरूमाथि गरेका दमनहरू यसका उदाहरण हुन् ।

कम्युनिस्टले कम्युनिस्टमाथि किन प्रतिबन्ध लगाउँछन् भन्ने प्रश्न भने महत्वपूर्ण छ । जब सत्तामा बसेका शासकहरू आफ्नो पद र सत्ता गुम्न लागेको महसुस गर्छन् र आफूलाई असुरक्षित ठान्छन् तब उनीहरूले यस्ता हर्कत गर्न पुग्छन् । साम्राज्यवादी शासकहरूले आफ्नो अन्यायपूर्ण सत्ताका विरुद्ध न्यायपूर्ण आवाज र जनताले विद्रोह दबाउन उनीहरू एउटा ‘मन्त्र’ आविष्कार गरे— ‘आतङ्कवादी वा आतङ्ककारी ।’ विरोधीहरूलाई ‘आतङ्कवादी वा आतङ्ककारी’ भनेर प्रतिबन्ध लगाउने, दमन गर्ने, यो उनीहरूको सूत्र हो । प्रतिक्रियावादी सत्तामा गएपछि कम्युनिस्ट भन्नेहरू पनि यो सूत्र प्रयोग गरिरहेका छन् । यसले उनीहरू कम्युनिस्ट नभएको पुष्टि गर्छ । दोस्रो, यिनीहरू गम्भीर सङ्कटमा छन् र कमजोर अवस्थामा छन् भन्ने जनाउँछ किनकि प्रतिबन्ध सत्ताको अन्तिम हतियार हो । यो कि त सत्तासङ्कटमा परेको बेला कि त अत्यन्त कमजोर अवस्थामा लगाउँछ । प्रभावको हिसाबले तत्कालिक हिसाबले सकारात्मक र दीर्घकालिक हिसाबले नकारात्मक परेको छ ।

केपी वली सरकारले पनि केही समयअघि संविधान दिवस मनाएको थियो । तपाईंहरूले त सरकारी संविधान जारी हुनुभन्दा एक दिनअघि नै रत्नपार्कबाट जनसंविधान घोषणा गर्नुभएको हो । कुन संविधानको असर कस्तो परिरहेको छ मुलुकमा ?

यो देशमा दुई सत्ता, दुई सरकार, दुई संविधान छन् । यहाँ केपी सरकार मात्र छैन, हामी पनि छौँ । संविधान देश चलाउने कानुन हो । उनीहरूको संविधान र कानुनलाई त आफैँले धोती लाइसके । अब त्यो संविधान र कानुनको कामै छैन । त्यो संविधान विदेशी शक्तिकेन्द्रहरूबाट निर्देशित प्रतिक्रियावादी संविधान हो । जनताले बनाएको संविधान होइन । यसलाई पनि धोती लगाइदिएपछि अब के बाँकी रह्यो र ? पार्टीको नीति, निर्णय र निर्देशन नमान्नेले संविधान के मान्थे ? आफ्नै संविधान र नियमकानुनको आफैँले धज्जी उडाएका छन् ।

रह्यो हाम्रो संविधानको कुरो, हामीले उनीहरूले संविधान घोषणा गरेको अघिल्लो दिन जनसत्ताको सामान्य खाका र भाबी जनताको संविधानको झलक साङ्केतिक रूपमा सार्वजनिक गरेका थियौँ । यो हाम्रो संविधान भोलिको जनसंविधानको आँखीझ्याल मात्र हो । यसलाई भोलि समृद्ध गर्नेछौँ । यी दुई संविधानहरूबीच तुलना हुँदैन । चरित्रको हिसाबले उनीहरूको संविधान दलाल पुँजीवादी संविधान हो । यो सरासर साम्राज्यवादमा पुग्छ, समाजवादमा होइन । यसले जनताको शोषणउत्पीडन कायम राख्छ । हामीले प्रस्तुत गरेको संविधानको सानो खाकाको गन्तव्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्नु हो । यो दलाल पुँजीवादी संविधानको विकल्प हो । यी दुईको दिशा स्वर्ग जाने र नर्क जाने बाटोजत्तिकै फरक छन् ।

तपाईंकै नेतृत्वमा केन्द्रीय जनपरिषद् घोषणा भएको पनि धेरै समय भइसकेको छ । तपाईंहरूको सत्ताको वास्तविक अवस्था र क्रियाशीलताचाहिँ कस्तो छ नि ?

हो, म अहिले पनि पार्टीले दिएको र जिम्मामा छु । हामीलाई उनीहरूले प्रतिबन्ध लगाएका छन् । हामीले पनि उनीहरूलाई प्रतिबन्ध लगाएका छौँ । हामीलाई मुद्दा छ भने उनीहरूलाई पनि हाम्रो अदालतमा मुद्दा छ । गम्भीर राष्ट्रघातका मुद्दा । अगाडि पनि भनेँ देशमा दुई सत्ता छन् । यहाँ सरकारका नाममा मनपरी गर्ने छूट केपी र पीकेलाई छैन । हाम्रो सत्तामा उनीहरूलाई पनि प्रतिबन्ध र गम्भीर मुद्दा छन् । मुल्तबीमा छन् मुद्दाहरू । हेक्का गरिराखे हुन्छ । पक्ष–प्रतिपक्ष सबै संसद्वादी राजनीतिक दलहरू पक्ष नै हुन् । यी यो सत्ताका पाले हुन्, संरक्षक शक्तिकेन्द्रहरू । हामी यो संसदीय प्रणालीकै विरोधी हौँ । यसैलाई पूर्ण अन्त्य गर्नुपर्छ र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्ने हाम्रो लक्ष्य छ । त्यसैले हामी अर्को सत्ता हो ।

हाम्रो सत्ताका संरचनाहरू केन्द्रदेखि स्थानीय तहसम्म छन् । आआफ्ना ठाउँमा क्रियाशील छन् । पार्टीको निर्देशनमा केन्द्रीय जनपरिषद्का नीति–निर्देशनहरू पालन गर्ने र त्यसअनुसार परिचालित र सक्रिय छन् । समुद्रमा पनि पानीभित्र ज्वारभाटा र लहरहरू निरन्तर चलिरहेका हुन्छन् । हाम्रो सत्ता त्यसैको रूपमा छ । हामी दाबाका साथ भन्छौँ– यो सरकारभन्दा राम्रो सत्ता जनतालाई हामी दिन सक्छौँ । भलै अहिले खुला रूपमा छैनौँ । त्यो परिस्थिति पनि आउनेछ, एक दिन हामी खुला रूपमा जनताको सम्बोधन र नेतृत्व गर्नेछौँ ।

यो देशमा दुई सत्ता, दुई सरकार, दुई संविधान छन् । यहाँ केपी सरकार मात्र छैन, हामी पनि छौँ । संविधान देश चलाउने कानुन हो । उनीहरूको संविधान र कानुनलाई त आफैँले धोती लाइसके । अब त्यो संविधान र कानुनको कामै छैन । त्यो संविधान विदेशी शक्तिकेन्द्रहरूबाट निर्देशित प्रतिक्रियावादी संविधान हो । जनताले बनाएको संविधान होइन । यसलाई पनि धोती लगाइदिएपछि अब के बाँकी रह्यो र ?

नेपालको राष्ट्रियता विरुद्ध बोल्ने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपालमा बोलाएर मानार्थ सेनापतिको सम्मान गरिएको छ । उता नक्सामा राखिएको नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूमि नेपालका हुन सकेका छैनन् । सरकार अमेरिकी परियोजना एमसीसी पारित गरेरै छोड्ने अडानमा देखिन्छ । यी घटनाहरूले के सङ्केत गर्छन् ? के नेपालको राष्ट्रियता धरापमा पर्दै र राष्ट्रियताको आन्दोलन कमजोर बन्दै गएको हो ?

यी घटनाक्रमहरूबारे नेपाली जनता अनभिज्ञ छैनन् । यी घटनाक्रमहरूले के मात्र पुष्टि गर्दछन् भने नेपालको सरकार कठपुतली सरकार हो र सत्ता दलाल पुँजीवादीहरूको हातमा छ । दलालहरू मालिकका अगाडि रुझेको बिरालाजस्ता बन्छन् । त्यही देखे सबैले । दलालहरूको काम भनेकै देशको साधन–स्रोत, नदी–नाला, युवकयुवती बेच्ने हो, कमिसन खाने हो, भ्रष्टाचार गर्ने हो । अमेरिका र भारत निरन्तर हस्तक्षेपको प्रक्रियामा छन् । भारत सीमा मिच्दैछ, अमेरिका एमसीसीमार्फत नेपालभित्रै पसेर मोर्चा कस्दैछ । सरकार यसलाई महान् उपलब्धि भन्छ । यसले अब नेपाल विदेशीहरूको हातमा जाँदैछ भन्ने स्पष्ट सङ्केत गर्दछ ।

जहाँसम्म राष्ट्रियताको आन्दोलनको प्रश्न छ यो पनि अब एकीकृत जनक्रान्तिको एक अङ्ग बनेर आएको छ । आजको दुनियाँमा छुट्टै राष्ट्रिय मुक्ति आन्दोलन भन्ने छैन र हुन सक्दैन । राष्ट्रिय मुक्ति आन्दोलन पनि क्रान्तिकै एक अङ्ग भइसक्यो । यसलाई परम्परागत ढङ्गले छुट्टै, अलग्गै खोज्नुभयो भने पाउनुहुन्न । यसले रूप बदलिसकेको छ ।

मुलुकमा दिनदिनै हत्या, बलात्कार, कमिसन, भ्रष्टाचार बढेको बढ्यै छ । सरकारी पार्टीभित्रको किचलो पनि नयाँनयाँ स्वरूपमा बढिरहेको देखिन्छ । तपाईंहरूको उपस्थितिचाहिँ त्यति प्रभावकारी भएन भन्ने गुनासो पनि सुन्नुभएको छ कि ?

ठीकै हो । कुन मानेमा ठीक हो भने जबसम्म यो सत्ता रहिरहन्छ, हत्या–हिंसा, बलात्कार, कमिसन, भ्रष्टाचार, बेरोजगार, महँगी घट्ने होइन, अझ बढेर जान्छ । हामीले भ्रष्टाचारी, कमिसनखोर, सूदखोर, बलात्कारीहरूलाई कारबाही गर भनेका छौँ तर सरकारले गर्दैन किनकि आफैँ त्यो काम गरिरहेको छ । कारबाही हजारौँको सङ्ख्यामा भएका छन् । उनीहरूले हामी हजारौँलाई झूट्टा मुद्दा लगाएका छन् । सचिवालय सदस्य क. सुदर्शनलगायत सयौँ हाम्रा साथीहरू दुई/तीन वर्षदेखि जेलमा छन् । अझै हामीले भ्रष्टाचारीलाई कारबाही गर्न छाड्दैनाैँ तर जति गरे पनि यो प्रणाली र सत्ता रहँदासम्म यो रोकिँदैन, झन् बढेर जान्छ । त्यसैले यसको स्थायी निदान गर्ने भनेको प्रणाली नै फेर्नु हो । हामी भनेको भन्यै छौँ, भनिरहनेछौँ— वैज्ञानिक समाजवाद यसको एक मात्र विकल्प हो र यसका लागि ज्यान हत्केलामा राखेर प्रतिबन्ध खेपिरहेका छौँ, खेप्न तयार छौँ । अब भन्नुस्, हाम्रो उपस्थिति कसरी कमजोर भयो ? अहिलेसम्म जेजति राजनीतिक गतिविधिहरू भइरहेका छन् ती हाम्रै कारण भइरहेका छन् । अरू त सब गफ, भत्ता, कमिसन, भ्रष्टाचारमा मस्त छन् । बस्, यति त हो तिनको हर्कत, अरू के गरेका छन् र तिनले ? नमिलेको बेला घम्साघम्सी, मिलेको बेला कालेकाले मिलेर खाऊँ भाले । भ्रष्टाचार र कमिसनमा तैँ चुप मै चुप । एमसीसी र काण्डैकाण्डका घटनाहरू यसैका उदाहरण हुन् ।

सर्वसाधारण जनता महँगी, अभाव, भ्रष्टाचार, तस्करी, कोरोना भाइरसको कहरका कारण दैनिकी चलाउनै मुस्किल अवस्थामा छन् । सरकारले कोरोना सङ्क्रमणका बिरामीलाई उपचार नगराउने निर्णय गरेको छ तर सरकारमा बसेका मान्छेहरूले स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार गरेका समाचार आएका छन् । आमजनसमुदायले ठूल्ठूला भ्रष्टाचारी र तस्करहरूलाई विप्लव नेतृत्वको नेकपाले कारबाही गरिदिए हुन्थ्यो भनेको सुनिन्छ नि ?

हामीले क्रान्तिका लागि गर्ने हाम्रो कर्म गरिरहेकै छौँ । जनताका लागि, देशका लागि हामीले ज्यानको बाजी थापेकै छौँ । अन्याय, अत्याचारका विरुद्ध, कोरोना भ्रष्टाचारका विरुद्ध, तमाम सामाजिक विकृति–विसङ्गतिका विरुद्ध, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्न, रोग, भोक र सामाजिक अशान्तिका विरुद्ध, राष्ट्रघात, जनघात, राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, विभिन्न रूपमा गरिने आन्तरिक हस्तक्षेपका विरुद्ध हामीले गर्ने कार्य गरिरहेकै छौँ । अझै जनता र देशका लागि छातीमा गोली थाप्न हामी तयारै छौँ बरु आउनुस्, सबै मोर्चा कसौँ । राष्ट्रिय मुक्ति, जनमुक्ति दुईचारजनाको प्रयासले मात्र हुने कुरा पनि होइन । कुनै एकदुई पार्टीविशेषले मात्र हुने कुरा पनि होइन, सबै मिले, सबै उठे के हुँदैन ? जे पनि गर्न सकिन्छ । जतिसुकै ठूला कारबाही पनि गर्न सकिन्छ, गर्छौं तर यी सबै अस्थायी कुरा मात्र हुन् यो सत्ता रहँदासम्म । अबको सबैको प्रयास यो सत्ता बदल्नेतिर हुनुपर्छ, नत्र कारबाही मात्र गर्ने कुरा त रूखका हाँगाबिँगा छास्ने कुरा मात्र हो । रूखै भ्रष्टाचारको छ भने हाँगा काटेर हुँदैन, जरैबाट उखेलेर फाल्नुपर्छ ।

केपी वली–पुष्पकमल दाहाल सरकार विद्रोहीहरूप्रति झन्झन् असहिष्णु र आक्रामक बन्दै गएको देखिन्छ ! सरकारी दमन सहेरै बस्नुहुन्छ कि अन्य उपायहरू पनि खोज्दै हुनुहुन्छ ?

फौजी नियममा आक्रमण रक्षाका लागि गरिन्छ । उनीहरू या त आक्रमणको सिकार भइरहेका छन् र त्यसको प्रतिरक्षाका लागि आक्रामक बन्दैछन् कि त उनीहरूमाथि ठूलो आक्रमण हुँदैछ र त्यसबाट बच्न उनीहरू आक्रामक बन्दैछन् । हामीलाई के लाग्छ भने यी सबै उनीहरूको आगामी चुनावको तयारी मात्र हो । अर्को कुरा के पनि भन्ने गरिन्छ भने प्रतिक्रियावादीहरू आफ्नो आन्तरिक किचलो हल गर्न पनि बाहिर आक्रामक हुन्छन् । यसले उनीहरू भित्रभित्रै कति सङ्कटमा छन् भन्ने देखाउँछ । हामी आत्तिएका पनि छैनौँ र मात्तिएका पनि छैनौँ । हामी त क्रान्तिमा छौँ । असहिष्णु बनून्–नबनून्, यो उनीहरूको कुरा हो । आक्रामक बनून्–नबनून् यो पनि उनीहरूकै कुरा हो तर हामीलाई आत्तिनुपर्ने र हतासिनुपर्ने केही छैन । कमरेड माओले भन्नुभएको छ— ‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ ।’ हाम्रो पनि यही हो । यतिचाहिँ भन्न सकिन्छ— तपाईंले भन्नुभएझैँ उनीहरू असहिष्णु बनेकै हुन् भने त्यो उनीहरूको हतास र आत्तिएको मनोवृत्ति हो । यसले उनीहरू कति कमजोर, कायर छन् र कति आपराधिक मनस्थितिमा छन् भन्नेभन्दा अरू झलक दिँदैन ।

उत्पीडित वर्गमाथि दमन नेपालदेखि भारत, अमेरिका हुँदै संसारभर बढिरहेको देखिन्छ । अमेरिकी राष्ट्रपती निर्वाचनमा जो बाइडेन चुनिएका छन् । यस्तो अवस्थामा साम्राज्यवाद, उसका पछुवाहरू र क्रान्तिकारीहरूको भविष्यका बारेमा केही आँकलन गर्न सकिने अवस्था छ कि ?

हुनत ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ ट्रम्प आओस् कि जो बाइडेन आओस्, क्रान्तिकारीहरूलाई खासै फरक पार्दैन । नेपालमा काङ्ग्रेस आओस् कि एमाले, के फरक पर्छ जनताका लागि ? रिपब्लिकन होस् कि डेमोक्रेटिक, यिनको चरित्र कट्टरपन्थी र नरमपन्थीमा अन्तर मात्र न हो । जनतालाई झुक्याउन पुँजीवादले जसले जिते पनि आफ्नै प्रतिनिधि नै आओस् भन्नका लागि संसारभरि एक वर्ग दुई पार्टी सिस्टममा संसदीय प्रणाली बनाएका छन् । कुकुर रातो होस् कि कालो होस्, त्यसको काम मालिकभक्ति गर्ने, भुक्ने र टोक्ने हो । ‘कालो होस् कि सेतो बिरालोको काम मुसा मार्ने हो ।’ प्रचण्ड होस् कि केपी, एमाले (हालको सरकारी नेकपा) होस् कि काङ्ग्रेस, बाइडेन होस् कि ट्रम्प सबै एउटै ड्याङका मूला हुन् । यति फरक हो– एउटाले घुमाएर भन्छ, अर्कोले सीधै भन्छ । एउटाले आफैँ हान्छ, अर्कोले घुमाएर अर्कोलाई हान्न लगाउँछ, फरक यति हो । अमेरिकामा डेमोक्रेटिक आउँदा पनि, रिपब्लिकन आउँदा पनि त्यहाँको कम्युनिस्ट पार्टी आरसीपी भूमिगत नै छ । खुला गतिविधि गर्न दिइँदैन । माओले त भन्ने गरेका छन्— वास्तविक बाघभन्दा भेडाको छाला ओडेर आएको ब्वाँसो दस गुणा खतर्नाक हुन्छ । क्रान्तिकारीहरू अर्थात् कम्युनिस्टहरू व्यक्ति वा कुनै संस्थाविशेषका विरुद्ध होइन वर्गसत्ता र वर्गका विरुद्ध लड्छन् । तपाईंले भन्नुभएजस्तै नेपाल, भारत, अमेरिका जुनसुकै देशमा पनि चाहे त्यो कम्युनिस्ट सरकारका नाममा होस् वा कम्युनिस्टविरोधी सरकार होस्, सबैले जनतामाथि दमन र उत्पीडन गरिरहेकै छन् । यो त्यसैको उदाहरण हो ।

जब सत्तामा बसेका शासकहरू आफ्नो पद र सत्ता गुम्न लागेको महसुस गर्छन् र आफूलाई असुरक्षित ठान्छन् तब उनीहरूले यस्ता हर्कत गर्न पुग्छन् । साम्राज्यवादी शासकहरूले आफ्नो अन्यायपूर्ण सत्ताका विरुद्ध न्यायपूर्ण आवाज र जनताले विद्रोह दबाउन उनीहरू एउटा ‘मन्त्र’ आविष्कार गरे— ‘आतङ्कवादी वा आतङ्ककारी ।’ विरोधीहरूलाई ‘आतङ्कवादी वा आतङ्ककारी’ भनेर प्रतिबन्ध लगाउने, दमन गर्ने, यो उनीहरूको सूत्र हो । प्रतिक्रियावादी सत्तामा गएपछि कम्युनिस्ट भन्नेहरू पनि यो सूत्र प्रयोग गरिरहेका छन् ।

केपी वली सरकारले नेकपाका नेता–कार्यकर्तालाई दिनदिनै घर खानतलासी गर्दै गिरफ्तार गरिरहेको छ । कयौँलाई त बर्सौंदेखि बन्दी नै बनाइरहेको छ । प्रायजसोलाई झूट्टा मुद्दा लगाएर थुन्ने र देशभर घुमाउने काम गरिरहेको छ । यी परिघटनाहरूले के सङ्केत गर्छन् ?

यसले सत्ताको आयु छोट्ट्याइरहेको सङ्केत गर्दछ । उसको कथित कम्युनिस्ट आवरण र सरकारमा कसी लगाइरहेको छ र जनताको बीचमा नङ्ग्याइरहेको छ । खानतलासी, धरपकड, गिरफ्तारी, झूट्टा मुद्दा, थुनछेक, अदालतको समेत मानहानि आदि कार्यले नेता–कार्यकर्तामा मात्र होइन, आमजनतामा विद्रोहको भाव पैदा गरिरहेको छ । यसले आफ्नै सत्ता अदालतको धोती फुस्काइरहेको छ । यी सबै हर्कतले उसले आफ्नै आयु छोट्ट्याइरहेको छ ।

विभिन्न घटनाक्रमहरूले यो सरकार कम्युनिस्ट पार्टीको होइन रहेछ भन्ने देखाएको तपाईंहरूको संश्लेषण देखिन्छ । भर्खरै २१ दलबीच सहकार्य गरेर आन्दोलनमा गएको देखिन्छ । यस्तो बेलामा संसद्वादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादका पक्षधरहरूबीच कार्यगत एकता, संयुक्त मोर्चा र पार्टीएकताकै सम्भावनाहरू रहँदैनन् ? के छ बाधाव्यवधान ? कि कुनै प्रगति भइरहेको छ यसमा ?

हो, यिनीहरू कम्युनिस्ट भएको भए र यो सरकार कम्युनिस्टको भएको भए कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने थिएनन् । अझ हिजो दस वर्षको जनयुद्धमा आफू मरेर बचाएको गुन प्रतिबन्ध लगाएर, थुनेर, दर्जनौँ झूट्टा मुद्दामा फसाएर, इन्काउन्टरको योजना बनाएर, आफैँले सिकाएका कार्यकर्तालाई मारेर सत्तामा पुग्ने पनि कसरी कम्युनिस्ट हुन्छन् ? यी त घोर अपराधी हुन् । त्यसैले हामीले देश र जनताका पक्षमा, हिजो जनतालाई दिएका आश्वासनहरू कमसेकम प्रचण्ड–बाबुरामहरूले धोका दिए पनि हामी छौँ भनेर जनतालाई फेरि विश्वास दिलाएका छौँ र अब वैज्ञानिक समाजवादका लागि एकपटक साथ र समर्थन मागेका छौँ । प्रचण्डले बीचमै अलपत्र छाडेको क्रान्ति हामीले पूरा गर्छौं भनेका छौँ । यसका लागि अब एकीकृत जनक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवादमा पुग्न सकिने मार्ग तय गरेका छौँ । यस प्रक्रियामा विचार मिल्ने कम्युनिस्ट पार्टीहरूसँगको हाम्रो निरन्तर छलफल, अन्तरक्रिया, बहस जारी छ । नेतृत्व तहमा पटकपटक छलफलहरू चलिरहेको छ । यसमा प्रगति पनि भइरहेको छ । पार्टीएकतालाई केन्द्रमा राखेर संयुक्त मोर्चा र कार्यगत एकताको माध्यमबाट अन्य क्रान्तिकारी समूहहरूसँग निरन्तर छलफलबाट हाम्रा बीचका सैद्धान्तिक र वैचारिक दूरी छोट्ट्याउँदै जाने र तत्काल मिल्ने विषयहरूमा सबैसँग कार्यगत एकता र संयुक्त सङ्घर्षमा जान सकिने पार्टी निर्णय छ । त्यसअनुसार सबै तहमा सकारात्मक छलफलहरू भइरहेको छ ।

नेकपाका महासचिव कमरेड विप्लवले वक्तव्य जारी गरी देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि भइसकेकाले राज्यव्यवस्थाकै परिवर्तनका लागि सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई नयाँ आधारमा नयाँ पहल गर्न आह्वान गर्नुभएको छ नि ? यसको तात्पर्य के हो ? सम्भावना के छ ?

हो, बेलैमा नसोच्ने हो भने भोलि बिग्रिसकेपछि पुर्पुरोमा हात राखेर हुनेवाला छैन । यो देशलाई असफल राष्ट्र बनाएर विदेशीहरूको हातमा सुम्पने प्रबल सम्भावना छ । यो बेलामा यो देशका नागरिकहरू नेपाली भएर, स्वाभिमानी भएर बाँच्ने हो भने छात्ती फुलाएर आउनुपर्छ— आउनुस्, यो देश विप्लवको मात्र होइन, यो देश हामी सबैको हो । यो देश पुलिस–सेनाको पनि हो, कर्मचारी, वकिल, पत्रकार, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी, मजदुर, किसान, सुकुमबासी सबैको हो । देशभक्त काङ्ग्रेस–एमाले सबैको हो । हाम्रो पार्टीका महासचिवले बेलैमा सबैलाई सचेततापूर्वक आह्वान गर्नुभएको छ । सम्पूर्ण शक्तिहरू मिलेर मात्र यो देश बचाउन सकिन्छ, सङ्कट हल गर्न सकिन्छ । जनता मिले, सबै मिले यहाँ राम्रोभन्दा राम्रो सम्भावना पनि छ तर यो पुरानो सत्ता, पुरानो सोच, पुरानो नेता, पुरानो शासन प्रणालीबाट यो सम्भावना छैन । सबै नयाँ सोचका साथ बिनापूर्वाग्रह यो व्यवस्था परिवर्तनका लागि जुटौँ र उठौँ । नत्र स्थिति धेरै पर पुगेको हुनेछ ।

यतिबेला संसारमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको अवस्था के छ ? नेपालमा तपाईंहरूले सञ्चालन गरेको एकीकृत जनक्रान्तिका बारेमा अन्य मुलुकका कम्युनिस्ट पार्टीहरूको मूल्याङ्कन, भाइचारा सम्बन्ध कस्तो छ ?

क्रान्तिको दृष्टिले समग्र विश्वपरिस्थिति रक्षात्मक नै छ तर विश्वका कुनै पनि मुलुक कम्युनिस्ट नभएको मुलुक छैन । सबै आआफ्नो देशमा लागिपरेकै छन् । विविध कारणले एक ठाउँमा आउन नसकिरहेको यथार्थ स्वीकार्नुपर्छ । कम्युनिटहरूलाई दबाउन विश्वभरिका पुँजीवादीहरू एक ठाउँमा आउँछन् तर हामी कम्युनिस्टहरू भने टुक्राटुक्रामा विभाजित छौँ । यो नै हाम्रो कमजोरी हो । कमरेड स्टालिनपछि कम्युनिस्ट अन्तर्राष्ट्रिय बन्न नसक्नु नै कम्युनिस्टहरू कमजोर हुनु हो । पहिलो, कम्युनिस्टहरू सत्तामा पनि छैनन्, भएका केही देशहरूबाट यो प्रयत्न पुगेको छैन । क्रान्तिकारी कम्युनिस्टहरूबीच विगत जनयुद्धकालमा ‘रिम’ ले राम्रो भूमिका निर्वाह गरेको थियो । अहिले त्यो पनि विघटित अवस्थामा छ । प्रयास सबैबाट भइरहेको छ, केही प्रगति पनि छ । हामीले थप प्रयत्न जारी राखेका छौँ । विभिन्न माध्यमबाट हाम्रो पार्टीले अगाडि सारेका मान्यताहरूलाई सबै भाइचारा पार्टीहरूसम्म पुर्याउने हाम्रो प्रयास जारी छ ।

हाम्रो संविधान भोलिको जनसंविधानको आँखीझ्याल मात्र हो । यसलाई भोलि समृद्ध गर्नेछौँ । यी दुई संविधानहरूबीच तुलना हुँदैन । चरित्रको हिसाबले उनीहरूको संविधान दलाल पुँजीवादी संविधान हो । यो सरासर साम्राज्यवादमा पुग्छ, समाजवादमा होइन । यसले जनताको शोषणउत्पीडन कायम राख्छ । हामीले प्रस्तुत गरेको संविधानको सानो खाकाको गन्तव्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्नु हो ।

संसारकै उत्पीडित जनता क्रान्ति र मुक्ति चाहिरहेका छन् । श्रमिकमाथिको विभेद र दमन संसारभर बढिरहेको देखिन्छ तर एउटा भरपर्दो अन्तर्राष्ट्रिय सङ्गठन बन्न सकिरहेको छैन । मालेमा पक्षधरहरूबीच कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माण सम्भव देख्नुहुन्न ? यसमा तत्काल पहल लिन ढिला भएको जस्तो लागेको छैन ?

यसबारे यसअगाडि पनि भनेँ– यो आजको आवश्यकता हो । आजको कम्युनिस्टहरूको मुख्य चुनौती र कार्यभार नै यही बनेको छ । ढिलो भए पनि प्रयास जारी छ । सम्भावना राम्रो बन्दै गएको छ ।

नेपाललगायत अन्य तेस्रो विश्वका मुलुक र साम्राज्यवादी मुलुकहरूको पछिल्लो राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्थाका बारेमा सङ्क्षेपमा केही राखिदिनुस् न ! कोरोना सङ्क्रमणले पुँजीवादलाई धराशयी पार्ने र समाजवादी आन्दोलन अघि बढ्ने कुरालाई कसरी लिनुभएको छ ?

आजको विश्व कमरेड माओपछिको विश्व हो । यो भूमण्डलीकृत पुँजीवादको चरित्र निगम पुँजीवादमा छ । यसको साम्राज्यवादी चरित्र उत्तरसाम्राज्यवादमा आएको छ । यद्यपि साम्राज्यवाद पनि एकध्रुवीय छैन । चीन, रुस, उत्तरकोरिया, मुस्लिम मुलुकहरू अमेरिकी साम्राज्यवादका विरुद्ध छन् र आज सबैतिर युद्ध र अशान्ति छ तर पनि आजको यो पुँजीवादी विश्वव्यवस्थामा पुँजीवादको लपेटामा छ र उत्तरसाम्राज्यवादले यसको नेतृत्व गरेको छ । यसले अन्य साना मुलुकहरूलाई नवउपनिवेश बनाएको छ । साना तथा विकासशील मुलुकहरू क. माओको भाषामा तेस्रो मुलुकहरू साम्राज्यवादी हस्तक्षेपका विरुद्ध जनता र शासक मिलेर राष्ट्रिय मुक्ति आन्दोलन गर्नुको सट्टा साम्राज्यवादको जुठोपुरोमा –कमिसन र भ्रष्टाचारमा) बाँच्ने र जनताको साम्राज्यवादविरोधी सङ्घर्षलाई उल्टो साम्राज्यवादसँग मिलेर दमन गर्ने चरित्रको विकास भएको छ । यो प्रवृत्तिले जनताले साम्राज्यवादका विरुद्ध अर्थात् बाह्य हस्तक्षेपका विरुद्ध पनि घरेलु प्रतिक्रियावादी शासकसँग लड्नुपर्ने भयो । त्यसैले माथि भनिएझैँ अबको राष्ट्रिय मुक्ति आन्दोलन पनि विशुद्ध हुँदैन । यो पनि एकीकृत जनक्रान्तिसँग एकाकार भएको छ । यो अवस्थामा प्रायः सबै तेस्रो विश्वका मुलुकहरू दलाल सत्तामा रूपान्तरित भएका छन् । यसले दलाल पुँजीवादलाई जन्म दिएको छ । राजतन्त्रको अन्त्यपछि नेपालको सत्ता पनि यसरी नै दलाल सत्तामा रूपान्तरित भएको छ । यसको अर्थ के हो भने जब सत्ता दलाल पुँजीवादमा पुग्छ, त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था पनि दलाल नै हुन पुग्छ किनकि अर्थतन्त्र सत्ताको आधार हो । आधारले उपरिसंरचना निर्माण गर्दछ र उपरिसंचरनाले आधारको सेवा र संरक्षण गर्दछ । आज यो सत्तामा पुग्ने जसको पनि सोच, चिन्तन, प्रवृत्ति, संस्कृति, संस्कार आदि दलाल हुनु यसैको कारण हो । यो सत्तामा जो गए पनि हुने त्यही हो भन्ने प्रमाणित गरिदिएको छ । । त्यसैले यसलाई बदल्नुपर्छ, वैज्ञानिक समाजवादी व्यवस्था यसको एक मात्र विकल्प हो जसले यी सबैलाई बदलिदिन्छ ।

जहाँसम्म कोरोनाको कुरो छ, कोरानाले कम्युिनस्ट मुलुकहरू सफल र पु्ँजीवादी मुलुकहरू असफल साबित गरिदिएको छ र यसको उदाहरणको रूपमा चीन, जनगणतन्त्र कोरिया, क्युबा, भियतनाम र अमेरिका, भारत, ब्राजिल, बेलायत र युरोपियन मुलुहरूलाई हेर्न सकिन्छ । नेपाल कोरोना परीक्षामा असफल भएको छ । यसमा पनि भ्रष्टाचार र कमिसनकै खेल भएको छ । असफल हुनुको एक मात्र कारण दलाल पुँजीवादी चरित्र भएकाले हो भन्ने प्रस्ट छ ।

अन्त्यमा रातो खबरमार्फत अरू थप सन्देश पनि दिनुहुन्छ कि ?

यो जनप्रिय पत्रिका/सञ्चार रातो खबरमार्फत एकपटक सम्पूर्ण जनता र जनताका सबै तप्काले एकीकृत जनक्रान्तिलाई एकपटक साथ र समर्थन गर्न पुनः आह्वान गर्दछु । मेरा विचारहरू पाठकसम्म पुर्याउने अवसर दिनुभएकोमा रातो खबर पत्रिकाका सम्पूर्ण मित्रहरूलाई धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति : अशोक सुवेदी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :