नेपालमा आज २,७३६ जना सङ्क्रमित थपिए, ८५३ निको भए, २२ जनाको मृत्यु

नेपालमा आज २,७३६ जना सङ्क्रमित थपिए, ८५३ निको भए, २२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७३६ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख ९९ हजार ७६० पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १ हजार ५९ जना महिला र १ हजार ६७७ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

आज देशभरी संक्रिय संङ्क्रमितको सङ्ख्या ३८ हजार ३५ रहेको छ । त्यसमा आई.सी.यु.मा ४०४ जना र भेन्टिलेटरमा ९६ जनाको उपचार भइरहेको छ । यसैगरी आइसोलेसनमा २९ हजार ७३४ जना र क्वारेन्टाइनमा १ हजार ५८ जना रहेका छन् ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार १४८ पुगेको छ । पछिल्लो २४ घन्टामा ८५३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने १ लाख ६० हजार ५७७ पुगेको छ । यो कुल संक्रमितको ८० प्रतिशत हो ।

यसैगरी ५०० बढी संक्रमित हुने जिल्लाहरु : झापा, मोरङ, सुनसरी, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, दाङ र कैलाली रहेका छन् भने सून्य संक्रमित भएको जिल्ला मनाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :